- उमेश राना मगर
-->

सहकार्य समानता अनि निरन्तरता सफलताको एउटा विन्दु हो । सामुदायिकस्तरमा बलियो आधार तय गर्दै सहकारी आन्दोलन र अभियानलाई उचाई प्रदान गरिरहेका छन बालकृष्ण दाहाल । उनी निडर र स्पष्ट बक्ता हुन । सहकारी अभियानको एउटा दरिलो खम्बा अनि निरन्तरताको पर्याय पनि हुन् । दाहालसंग सहकारीको वर्तमान र भावि योजनाको सेरोफेरोमा रहेर आईसिसी साझाका लागि उमेश राना मगरले गरेको सम्बाद ः

सहकारी संस्थाको सदस्यहरुको हितको लागि के गरिरहनुभएको छ ?

२०५२ सालमा स्थापना भएर हामी निरन्तर सदस्यहरुको हितमा कार्य गरिरहेका छौं । सदस्यहरुको उच्चतम् आवश्यकता पुर्ति गरेर हामीले सेवा प्रदान गरिरहेका छौं । हामिले ऋण लगानी गरेका छौं । बचत गरेको छौं । सदस्यहरुको लागि भैपरिआउने समस्या समाधान गर्नको लागि पनि व्यावस्था गरेका छौं । जसको लागि औषधिउपचारको लागि खर्च दिने गरेका छौं । दुर्घटना बिमा गरेका छौं । विपत्त व्यवस्थापनको लागि रकमको व्यवस्था गरेका छौं । सदस्यहरुको आर्थिक उपार्जनको लागि केहि वर्ष सम्म सावाँ ब्याज तिर्न नपर्ने गरेर बाख्रा पालन सहित अन्य क्षेत्रमा लगानी गरेका छौं । सदस्यको मृत्यु भएमा क्रिया खर्च पनि प्रदान गर्ने गरेको छौं ।

सरकारले ठुला रोगहरु भनेर मुटु रोग, अल्जाईमर, ब्रेन ट्युमर लगाएत सात वटा रोगलाई पाँच वर्षमा एकपटक दिने गरी रु २५,०००।– दिने व्यवस्था गरेका छौं । सहकार्य र एकतामा शक्ति हुने उक्त शक्तिले सबैको भलो हुने अनि राज्ययको मर्जर नितिको अवलम्बन गर्दै चारओटा सहकारी संस्थाहरु मर्ज भएर एउटा सहकारी बनेका छौं । सबैको समान अवसर र संगै हिड्ने समान उद्देश्य बोकेर सबै सदस्यको हितको लागि दिनरात नभनी निरन्तर लागिरहेका छौं ।

ऋण लगानी कसरी गरिरहनु भएको छ ?

बचत तथा ऋणको कार्य गर्ने गरि खोलिएको संस्था भएको हुनाले प्रकृति अनुसारको कार्य गर्नु हाम्रो धर्म हो । त्यसैले हामिले विभिन्न क्षेत्रमा लगानी गरेका छौं । केहि मात्रामा सवारी साधनमा लगानी गरेका छौं । कृषि क्षेत्रमा लगानी गरेका छौैं । साना साना व्यापार व्यावसाय गरेर आर्थिक उपार्जन गर्ने कार्यमा लगानी गरेका छौं । ६४ सय सदस्य भएको हाम्रो सहकारीले आधार तहमा रहेर सहयोग गरिरहेका छौं । आर्थिक विकासको लागि निरन्तर कोशिस गरिरहेका छौं ।

सहकारी सदस्यहरुलाई विश्वमहामारीको रुपमा आएको कोभिड –१९ ले पारेको समस्यालाई कसरी सामना गरिरहनुभएको छ ?

हाम्रो सहकारी सदस्यहरुलाई सम्भव भएसम्म सबैलाई टेलिफोन सम्पर्क गरेका छौं । सन्चो बिसन्चो जानकारी लिएका छौं । सम्पर्क नम्बर नभएर केहि सदस्यहरुलाई सम्पर्क गर्न सकेनौं दुुुःखी छौं । कोरोना बिमाको लागि सचेत गरायौं र औषधि उपचारको पनि व्यवस्था भएकोले त्यसको कार्यान्वयनमा ध्यान दियौं । कार्यलय सम्म आउन नसक्ने अवश्थालाई मध्यनजर गर्दै पैसा घर घरमा, हस्पिटलमा जसरी हुन्छ पु¥याउने कोशिस गरिरहेका छौं । कोरोनाको कारण या सरकारको कारण समयमा किसानले मल पाएन किसान अत्यन्त प्रभावित बनेका छन् । पशुपालनमा त्यत्तिकै असर परेको छ । यो वर्ष जसो तसो टरेको छ तर मेरो बिचारमा अर्को वर्ष यसको प्रभाव झन धेरै पर्ने देखेको छु ।

सहकारीमा दोहोरो सदस्यता खारेजको मुद्धा उठेको छ, अदालतमा पनि रिट परेको छ यसमा तपाईको धारणा के छ ?

जनता संग राज्यले दोहोरे कर उठाईरहेको छ । बैंकको कुरा सुनेर सोहि किसिमको नियम लागु गर्न खोजिरहेको छ । हाम्रो सम्बद्ध निकायहरु संघ महासंघका पदधिकारीहरु राज्यको निकायले जे भन्छ हस् भनेर आउनु भएन । उहाँहरु हामी सहकारीको बोलवाला बनिदिनुप¥यो । सशस्त्र दन्द्धको बेलामा गाउँ गाउँबाट भएका बैंकहरु भागेर गएको बेलामा गरिब किसानहरुलाई एउटा भैंसी किन्न, २ वटा बाख्रा किन्न र सानो सानो समस्या समाधान गर्नको लागि त सहकारी नै थियो नि । यसरी सहकारी किसानको तहबाट आएको उठेको एउटा आन्दोलन हो । अहिले ठुला ठुला बैंकको पक्षमा लागेर सहकारीलाई नियम बनाउने होईन । दोहोरो पदाधिकारी नहुने सम्म ठिक हो तर बचत ऋण नै गर्न नपाउने गरी सदस्यता ग्रहणमा बन्देज लगाउने हो भने हामी आन्दोलन गछौं त्यो हाम्रो अधिकार हो । भ्रष्टाचार गरेर ल्याएको रकम छ भने त्यसको नियमन सरकारले गर्नु पर्दछ होईन भने रकम जम्मा गर्न बन्देज लगाउनु हुदैन तत्काल कानुन संसोधन गरेर बाधा फुकाउने कार्य माथिल्लो निकायले गर्नु पर्दछ होईन भने हामि सहकारी कर्मीहरु संघर्ष गर्न तयार छौं ।

सहकारी विभागको सन्दर्भ व्याजको कार्यान्वयनको परिपत्रको बारेमा तपाईहरुको धारणा के छ ?

हामीले १३,१४,१५ प्रतिशतमा ऋण लगानी गरेको थियौं । भर्खरै साउन देखि १ प्रतिशत घटाईसकेका छौं । विभागको परिपत्रले हामिलाई अप्ठ्यारो पारेको छैन बरु सहयोग नै गरेको छ । देश भरीको व्याज एउटै पार्ने हो भने पनि ठिक छ होईन भने महानगर, नगर, गाउँ, हिमाल पहाड तराईमा फरक फरक पोर्ने हो कि भन्ने मेरो धारणा छ । अर्को सहकारी विशुद्ध समुदायमा आधारित हुनुपर्दछ । सहकारी सिद्धान्तले पनि यहि भन्छ । गरिब किसानको आर्थिक बिकासमा सहयोग गर्ने अवधारणा हो । तर याहाँ सहकारी प्रा.लि. जस्तो पार्टि जस्तो घरपरिवार मिलेर खोलेको छ यसको नियमन राज्यले गर्नु पर्दछ । कुन पार्टिको सहकारी, कुन घरको सहकारी भनेर सदस्यले सोध्नु पर्ने अवश्थाको सिर्जना देशभरी भएको छ यसको नियमन निकायले अनुगमन गरेर खारेजी सम्मको तहमा कायान्वयन निकाय लाग्नु पर्दछ । समुदायमा आधारित सहकारी हुनुपर्दछ । सन्दर्भ व्याज कार्यन्वयनको चरणमा छौं ।

राज्य व्यवस्था समृद्ध नेपाल निर्माणमा जुटेको रटान कसिरहेको बेलामा सहकारीको भुमिकालाई कसरी लिनुभएको छ ?

सरकारले लिएको बाटोमा हामी प्रारम्भिक तहमा बसेर जसरी पनि सहयोग गर्न तयार छौं । राज्यको निकाय ईमान्दारपुर्वक काम गरेर अगाडी जाओस् हामी त्यसमा आधारभुत तहमा बसेर सहयोग गर्न संधै तयार छौं । निकायमा बसेर किसानले मल पाउने व्यावस्था गरिदिनु हामी किसानलाई बिउ किन्न आर्थिक सहयोग गर्नेछौं । बजार अनि मुल्यको निर्धारण सरकारले गरोस् कृषि जन्य उपज सहकारीले किनेर बजारीकरण गरी जनताको जिवनस्तर उकास्नमा सहयोग पुग्नेछ । निति नियम सजिलो र जनउत्तरदायि बनोस् हामी जनस्तरमा स्तर वृद्धिमा निरन्तर लाग्नेछौं । सहकारीको माध्यमबाट हुने पुरा सहयोग गरी विकसित देश, समृद्ध देश बनाउन हामी लाग्नेछौं सक्दो सहयोग गर्नेछौं ।

व्यवस्थित, उत्तरदायी, सुशासनयुक्त, सामाजिक संस्था बनाउनको लागि तपाईको भावि योजना के छ ?

हामी ४ वटा सहकारी मर्ज भईसकेपछि राम्रो संस्था कसरी बनाउन सकिन्छ भनेर सहकारीको निति तथा कार्यक्रमको लागि हामी तिब्र रुपमा तयारी गरीरहेका छौं । पहिलेका सबै सहकारीहरुको राम्रा नितिहरु र थप परिमार्जित राम्रा कार्यक्रम बनाउने कार्य गर्दैछौं । सदस्यको सुविदालाई पहिलो प्राथमिकतामा राखेका छौं । १२ प्रतिशतमा बचत गरेर १३ प्रतिशतमा ऋण प्रवाह गरेका छौं । हामी सहकारीमा सबै शेयर सदस्य सहित सदस्यहरुलाई स्तर वृद्धि गरेर अगाडी बढ्ने लक्ष्य लिएका छौं । सदस्यको सुविधाको लागि सम्पर्क कार्यलय स्थापना गरेका छौं । थप कार्यलय खोल्ने योजनामा पनि छौं ।

देशभरी रहेको प्रारम्भिक सहकारी संस्थाहरुलाई याहाँको सल्लाह सुझाब के दिनुहुन्छ ?

सहकारी संस्थालाई पार्टिगत नगर्नुस्, घर भित्रको संस्था नगर्नुस् त्यो सहकारी सिद्धान्त अनुकुल होईन । सहकारी चलाउने सञ्चालकले व्यक्तिगत स्वार्थमा नलाग्नुहोस् । सुरभ तरिकाले सहकारीमा काम गर्ने वातावरण बनाउनुहोस् । केहि सहकारीले बदमासी गर्दा मन दुख्छ । नराम्रोमा नाम आउँदा जातै जान्छ भनेर काम गर्ने कोशिस हामी सबैले गर्नु पर्दछ । एउटा सहकारी राम्रो संग अगाडी बढ्यो भने त्यो ठाउँको जिल्लाको पनि ईज्जत आउँछ, हामी सहकारी कर्मी सबैको ईज्जत आउँछ । छाती फुकाउने ठाउँमा छौं कसैले पनि सिर निहुराउने काम नगरौं भन्न चाहान्छु र सबै देशभरी रहनुभएको सहकारी आन्दोलन र अभियानमा जोडिनुभएका सहकारी कर्मीहरुलाई फुलहरुको पर्व उज्यालो पर्व अभि माईति र चेलीको अपार मिलन र स्नेहको पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकाना व्यक्त गर्दछु ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS