- साझामेल संबाददाता
-->

बागमती बचत तथा ऋण सहकारी संघ साधारणसभाको तयारीमा छ । जिल्लास्थित बचत तथा ऋण सहकारी संघ र सहकारी संस्थाको छाता संगठन भएकाले पनि प्रदेशस्तरीय संघको साधारणसभा महत्त्वपूर्ण छ । प्रस्तुत छ संघको आगामी कार्यक्रमका सन्दर्भमा महासचिव जीवसराज खड्कासँग साझामेलका लागि गरिएकाे अन्तरवार्ताः

साधारणसभाको तयारी कसरी गरिराख्नु भएको छ ?

–यसपटक हामीले साधारणसभाको तयारीस्वरुप प्रतिनिधि साथीहरूको बीचमा छलफल गरिरहेका छौं । र, अहिलेको यो विषम् परिस्थितिमा कसरी गर्ने भन्ने कुरामा हामीले सल्लाह गरिरहेका छौं । प्रत्यक्ष प्रसारणमा सामाजिक दुरी कायम गरेर उपस्थित हुन सक्ने किसिमबाट हामीले त्यसको स्थान काभ्रेको बनेपामा तोकेका छौं । त्यसकारण सम्बन्धित आउनसक्ने साथीहरूलाई उपस्थित गराउने, प्रत्यक्ष उपस्थित हुन नसक्ने साथीहरूलाई जुम मिटिङमार्फत् सहभागिता गराउने ढंगले अघि बढिरहेका छौं ।

यो प्रारम्भिक साधारणसभा पनि हो । तीन महिनाभित्रमा गरिसक्नुपर्ने भएको हुनाले, ऐनको पनि कार्यान्वयन गर्नुपर्ने भएकाले हामी संघ पनि त्यो काम गर्नतर्फ लागिरहेका छौं । हामी सरसर्ती प्रतिनिधि साथीहरूबीच छलफल र अन्तरक्रियामा छौं । र, संघले अब प्रारम्भिक साधारणसभा पछाडि संघले के–कस्ता खालका गतिविधि गर्दा ठीक हुन्छ, जसमध्ये आर्थिक र सांगठनिक गतिविधि हुनसक्छ, त्यस विषयमा के गर्ने भन्ने विषयमा हामी नीति कार्यक्रम र सामान्य बजेट पनि त्यसमा पारित गर्छौं । र, सँगसँगै दर्ता भएर आएपछाडि साधारणसभाले चार वर्षका लागि अर्को सञ्चालक समिति पनि चयन गर्छ ।

त्यसैले व्यापक तयारीमा जुटेका छौं यो विषम् परिस्थितिलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम गरेर साधारणसभालाई यो अत्यन्त जोखिमलाई न्यूनिकरण गरेर जोखिममुक्त ढंगले सम्पन्न गर्नका निम्ति हामी विशेष तयारीका साथ अघि बढेका छौं ।

बागमती प्रदेशका १३ वटा जिल्लाहरूमा संगठन विस्तारसम्बन्धी के–के काम गर्नुभएको छ ? सबै बचत तथा ऋण सहकारी संस्थाहरूलाई एकीकृत गर्न कसरी पहल गरिरहनु भएको छ ?

–बागमती प्रदेशका १३ वटा जिल्लामध्ये १२ जिल्लामा जिल्ला संघहरू क्रियाशील गरिरहेका छन् । नुवाकोटमा मात्रै बचत संघ छैन । तत्कालका लागि त्यहाँ अहिले तदर्थ समिति बनाएर दर्ताको चरणमा रहेको छ, अहिले यो प्रदेश ऐन र नियमावली आइसकेपछि त्यो पनि छिट्टै दर्ता गर्ने अवस्थामा छ । र, अहिले बागमती प्रदेशमा चाहिँ सिंगै सहकारीको अभियानलाई हेर्दा अरु ६ वटा प्रदेशमा र त्यसमा लगभग आधाआधिको तुलनामा सहकारी अभियान सञ्चालन भइरहेको छ ।

केन्द्रीय संघहरू, बैंहहरू सबै प्रदेश अन्तर्गत नै क्रियाशील भइरहेका छन् । मुलुककै राजधानी काठमाडौंै पनि यही प्रदेशमा भएकाले र ठूला शहर पनि भएको हुनाले ठूल्ठूला संस्थाहरू पनि रहेको छ र, धेरै संस्थाहरू यस ठाउँमा हो । अहिले हामी पहिलो चरणमा दर्ता हुँदा ८४ वटा संस्थाहरू सदस्य भएर हामीले संघ दर्ता गरेका छौं । यिनै संघसंस्थामध्ये १२ वटा जिल्ला संघहरू रहेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा गत साउनको १४ गते दर्ता गरेर प्रमाणपत्र प्राप्त ग¥यौं । र, अहिले संविधानले दिएको तीन तह अन्तर्गत केन्द्रीय, प्रदेश र स्थानीय तह सबैले आफ्नो ऐन नियमावली बनाउने र तीनवटै तहहरूको साझा सूचिमा रहेको छ ।

सहकारी भनेको तीनवटै तहहरूको साझा सूचिमा रहको हुनाले यी सबै सरकारले आफ्नो ऐन नियमावली निर्माण गर्नुपर्ने र सहकारीले चुस्त ढंगले सञ्चालन गर्ने, रेखदेख गर्ने र अनुगमन गर्ने परिपाटी छ । सँगसँगै बचत तथा ऋण भन्ने बित्तिकै हामी सदस्यहरूबाट जम्मा गरेका पैसाहरू सदस्यले खाइनखाई गाँस काटेर जम्मा गरेको रकम आजको बचत भोलिको भविष्य हो भन्ने ढंगले संरक्षण गर्नु र सही ढंगले परिचालन गर्नु संघहरूको दायित्व पनि हो ।

सरकारी निकायसँगको समन्वय कसरी गरिरहनु भएको छ ?

–अहिले तीन तहका सरकार छन् । र तीन तहमा सहकारी पनि भएकाले केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघ यी संघहरूलाई एकैपटक प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्रीसमक्ष विधान हस्तान्तरण गरेर प्रदेश सरकार सँगसँगै जाने गरी मन्त्रालय र विभाग निर्माण भइरहेको सन्दर्भमा तीन तह अन्तर्गत अब एक स्थानीय तहभन्दा बढी कार्यक्षेत्र भएका सहकारी संघसंस्थाहरू यो प्रदेश मातहत रहने छन् ।

अलि ठूला संस्थाहरू काम भएका नीति, विधि र पद्धतिमा हिँडेका संस्थाहरू अहिले प्रदेश मातहत नै रहेको हुन्छ । त्यसो हुनाले पनि हामीले आफ्ना सदस्य भएका संस्थाहरूलाई सेवा दिनुपर्ने अहिलेको विषम् परिस्थितिमा सहयोग गर्नुपर्ने संघको दायित्व पनि त्यसो भएको हुनाले पनि हामी यो प्रारम्भिक साधारणसभा गर्दै छौं । नयाँ सञ्चालक समिति चयन गर्दै छौं । तीनै तहका सरकारसँगको समन्वयमा हाम्रो अभियान अघि बढ्छ ।

नीति तह व्यवस्थाका लागि पनि केही निर्णय गर्नुहुन्छ ?

–नयाँ नेतृत्वसँगै नीति, कार्यक्रम पनि सँगसँगै पारित गर्दैछौं । आफ्ना सदस्य संस्थाहरूलाई कसरी समृद्ध बनाउन सकिन्छ, भोलिका दिनमा कसरी नीति, विधि र प्रविधिमा संस्थलाई डोहो¥यान सकिन्छ भनेर बहस चलाएका छौं । छाता संघमा मन्त्रालय पनि छ, प्रदेश विभाग पनि छ । अहिले सहकारीले आफ्नो ऐन पनि बनाएको छ । नियमावली पनि पास गरेको छ । यसमा पनि संघहरूको दायित्व भएको हुनाले साधारणसभामा हामी गहन छलफल पनि गर्छौं ।

हाम्रो अग्रणी संस्था राष्ट्रिय सहकारी महासंघ सँगसँगै हाम्रो पैसा राख्ने एउटा बैंक पनि छ । हामी आबद्ध रहने संस्थाहरू जो प्रदेश सरकार सहकारी संघ पनि छ । हामीभन्दा माथिल्लो निकाय चार–पाँच वटा सहकारीसँग समन्वय गर्दै उहाँहरू दिएको नीति निर्देशनलाई पालना गर्दै हामी अगाडि बढ्ने छौं ।

अधिकांश संस्थाहरूलाई संघमा आबद गराएर गोलबद्ध गराउँदै भोलिको दिनमा बागमती प्रदेश अहिले पनि सहकारीको अग्रणी रुपमै छ । र भोलि पनि यसलाई नेतृत्व प्रदान गरेर बचत तथा ऋण सहकारीलाई अझै उचच बनाउने ढंगले साधारणसभाले के दिशानिर्देश गर्छ, के अख्तियारी पनि दिन्छ सोही अनुसार अगाडि बढाउने त्यो खालको लक्ष्य र उद्देश्य प्रष्ट पार्नेछ ।

कोरोना प्रकोपका कारण बचत तथा ऋण सहकारी संस्थ्याहरू कुनै न कुनै आर्थिक रुपमा समस्यामा परेका होलान् । अब यो समग्र परिस्थितिको अन्त्य गर्नका लागि यो साधारणसभामा के–कस्ता छलफल र योजनाहरू निर्माण हुन्छन् ?

–अहिले चाहिँ कतिपय राजधानी केन्द्रित पनि भएको ठूल्ठूला शहरहरू पनि भएको कारणले गर्दा केही–केही विकृति पनि छन् सहकारी संस्थाभित्र । त्यो देखिएको पनि छ, पत्रपत्रिकामा पनि आएको छ, बाहिर पनि आएको छ । केही अप्ठ्यारो र असहज परिस्थिति पनि छ, यस्तो अवस्थामा हामी छाता संघ जो हामी भर्खर–भर्खर गठन भएको प्रदेश सहकारी संघ छ ।

हामी अब सहकारी विभाग र मन्त्रालयसँग समन्वय गर्छौं र कम्तिमा पनि अहिले पछिल्लो चरणमा बचत तथा ऋण सहकारी संस्था मापदण्ड पनि जारी गरिसकेको छ । प्रदेशले तीन वटै कुरा ऐन पनि ग¥यो, नियमावली पनि ग¥यो र एउटा मापदण्ड पनि भर्खरै प्रदेश मन्त्रालयले जारी गरेको छ । यी सबै कानूनको परिपालना पनि गर्ने र केही–केही देखिएका विकृति, विसंगतिलाई हटाउनका निम्ति चाहिँ प्रयासरत छौं ।

हामी अहिले भर्खर–भर्खर स्थापित भएका छौं । त्यसो भएको हुनाले सबै एकैपटक कति गर्न सकिन्छ विमर्श गर्छौं । छाता संघहरूसँग समन्वयमा छौं । धेरै संघसंस्थाहरू जिल्ला संघमा आबद्ध छौं । ठूला–ठूला जिल्ला संघहरू सबै संस्थाहरूलाई समेटेर सबै बचत तथा ऋण सहकारी संस्थाहरूलाई सदस्यता प्रदान गरेका हाम्रा लगभग १२ वटा जिल्ला संघहरू छन् ।

हामी उहाँहरूसँग अत्यन्त नजिक रहेर, समन्वय गरेर, जिल्ला संघभित्र बसेर अन्तरक्रिया गरेर हिजो कम्तीमा पनि जिल्ला संघले प्रदान गरेका सेवाहरू जिल्ला संघमार्फत् नै उहाँहरूसँग मिलेर संस्थाहरूलाई सहयोग गर्छौं । र अप्ठ्यारो परेका संस्थाहरूसँग बसेर छलफल गर्छौं, तालिम गोष्ठी गर्छौ ।

सहकारीका सदस्यका लागि कस्तो योजना बनाउनुहुन्छ ?

–प्रदेश सरकार र मन्त्रालयले सहकारी संस्थाहरू अब उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्छ । जम्माजम्मी बचत ऋण मात्रै होइन, सदस्यहरूलाई समृद्ध बनाउने, उद्यमशील बनाउने, रोजगारीमूलक बनाउने गर्नुपर्छ । त्यसका निम्ति हामीले कानून कस्तो बनाउनुर्छ, हामी त्यसमा तयार छौं । मन्त्रालयसँग हाम्रो समन्वय पनि भइरहेको हुनाले हामी सक्दो सहयोग पनि गर्छौं ।

अहिलेको परिस्थितिमा अलि चुनौतीपूर्ण पनि छ त्यसैले राज्यले चाहेको विषयमा मद्दत गर्नुछ, हिजोका दिनमा कानून पनि नभएको हुनाले अलि अप्ठ्यारो स्थिति र संकुचन पनि थियो । तर, अहिले त्यस्तो अवस्था छैन । अहिलेको यो विषम् परिस्थितिमा देखिएका केही समस्यारूलाई हामीभन्दा माथिल्लो तह राष्ट्रिय सहकारी महासंघ छ ।

नेपाल बचत तथा ऋण सहकारी संघ छ, विभाग छ, मन्त्रालय छ, यी सबैसँग बसेर छलफल गरेर हाम्रो कार्यक्षेत्रभित्र भएका सहकारी संस्थाहरूलाई नियमन गर्छौं । हामी त्यहाँसम्म पुग्ने र त्यहाँ देखिएका समस्या समाधानका निम्ति सहयोग गर्न हाम्रा छाता संगठन र सहकारीलाई अपिल गर्नुपर्छ । त्यस्तो किसिमको कार्यक्रम पनि हामीले तय गरेका छौं । साधारणसभामा हामी सबैको भावनालाई दृष्टिगत गरेर समेट्छौं । र, समस्या समाधान गर्ने गरी नीति तथा कार्यक्रम पनि पारित गर्छौं ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS