- साझामेल संवाददाता
-->

काठमाडाैं । नेपालको संविधानको अनुसूचि ६, ७ र ८ का आधारमा प्रदेश संघहरू बन्ने क्रम चलिरहेको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको दर्ता र साधारणसभा पनि यही आधारमा हुँदैछ । प्रदेश संघका तर्फबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनको सदस्यताको लागि आह्वान भइसकेको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ र सुदूरपश्चिम प्रदेश संघको दर्ता पूरा भएको छ । लुम्बिनी प्रदेशको दर्ता आरम्भ भएको छ । गण्डकी प्रदेशको प्रारम्भिक तयारी भइरहेको छ ।

प्रदेश नम्बर–१ मा अलिअलि कुरा चलिरहेको छ । प्रदेश नम्बर–२ मा ऐन नै आएको छैन । यस सन्दर्भमा २ नम्बर प्रदेश अलि पछाडि छ । अरु प्रदेशमा सहकारी अभियन्ता श्रृंखलाबद्ध ढंगले काममा जुटिसकेका छन् । यो काममा जुट्ने कुरामा नेफ्स्कूनको लाइन एजेन्सीको हिसाबमा प्रदेश संघहरू हाम्रा संघहरू हुन् ।

अब नेफ्स्कून र प्रदेश संघहरूको साझेदारीको कार्यक्रम अघि बढाउँछौं । नेतृत्व विकास र संस्थागत प्रवद्र्धनका कार्य तथा अनुगमनका कामहरूलाई नेफ्स्कूनसँग साझेदारी कार्यक्रम अघि बढाउँछौँ । लाइनका हिसावले अहिले केन्द्रीय संघ, प्रदेश संघ र पालिकाको मात्रै परिकल्पना गरिएको छ । जिल्ला बचत संघहरू पनि क्रियाशील छन् ।

संघहरूलाई एक सुत्रमा बाँध्ने काम, संघहरूलाई संगठित बनाउने, मजबुत बनाउने र प्रवद्र्धन गर्ने काममा प्रदेशको भूमिका निर्णायक हुन्छ । त्यसमा पनि बागमती प्रदेशको आफ्नै ग्य्राभिटी छ । त्यसैले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ नेतृत्वदायी भूमिकामा रहन्छ । र, सिंगो सहकारी अभियानलाई प्रोत्साहित गर्ने, मर्यादित र गतिशील बनाउने भूमिकामा बागमती प्रदेश संघको क्रियाशीलता निर्णायक हुन्छ । त्यो भूमिकामा नीतिगत नेतृत्व दिने, प्रविधिमा सहयोग गर्ने लगायतका कार्यमा प्रदेश संघसँग साझेदारी गर्छौं ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS