- कुमार ओझा
-->

नुवाकोट जिल्लाको विदुर नगरपालिकामा सामान्य परिवारमा जन्मिएका बाबुराम अधिकारी लामो समयदेखि सहकारी अभियानमा लागिरहेका छन् । एघार वर्ष शिक्षण पेशामा बिताएका अधिकारी २०५४ देखि सहकारी अभियानमा लागेका हुन् । उनले राष्ट्रिय सहकारी महासंघको नेतृत्वदायी भूमिका समेत सम्हाली सकेका छन् । हाल पशुपंक्षी केन्द्रीय सहकारी संघका अध्यक्ष रहेका अधिकारीसँग साझामेलका लागि कुमार ओझाले गरेको कुराकानीः

 

अहिले पशुपंक्षी सहकारीहरूको अवस्था के छ ? कसरी सञ्चालन भइरहेका छन् ?

–पशुपंक्षी सहकारी संस्थाहरू प्रायः ग्रामीण क्षेत्रमा सञ्चालित रहेका छन् । उनीहरूले पशुपंक्षी जन्य उत्पादनलाई बजारीकरण गर्ने, सदस्य किसानहरूले उत्पादन गरेका वस्तुलाई सिधैँ बजारसम्म पु¥याउने काममा सहयोग गर्दै आएका छन् । दूध उत्पादन गर्ने, कुखुरा, अण्डा उत्पादन गर्ने किसानको उत्पादनलाई संकलन गरी बजारसम्म पु¥याउने गरिरहेका छन् । बाख्रापालक किसानहरू खसीबोका, भेडा च्याँग्रा, बंगुर लगायतका उत्पादकहरूले सिधैँ किसानदेखि व्यापारीसम्म पुग्ने गरेका छन् ।

उत्पादनलाई बजारसम्मको पहुँच कसरी विस्तार गर्दै आएको छ ?

–केन्द्रीय संघले किसानहरूको उत्पादन सहकारी संस्थामार्फत् बजारीकरण गर्ने गरेर अण्डा उत्पादन र बजार विस्तारको काम शुरुआत गरिरहेका थियौं । जसलाई महामारीले प्रभाव पारेको छ । हामी निकट भविष्यमै यसलाई निरन्तरता दिने छौं । दूध र कुखुराको मासुमा समस्या छ । किसानले उत्पादन गरेका वस्तुलाई सिधैँ बजारको पहुँचसम्म पु¥याउन कसरी सकिन्छ भनेर कार्यक्रम बनाएर अघि बढ्ने तयारी छ । केन्द्रीय संघ स्थापना भएको छोटो अवधि भएकाले संघलाई व्यवस्थित हुन समय लागेको हो । संघले सरोकारवाला निकायहरूसँग समन्वय स्थापीत गरिरहेको छ ।

नेपाली उत्पादनलाई बजारसम्म पु¥याउने र बाहिरी आयात गर्ने क्रमलाई निरुत्साहित गर्न पहल गर्ने कार्यमा संघको भूमिका महत्त्वपूर्ण रहेको छ । अहिले स्थानीय उत्पादनले राम्रो बजार पाउँदै गएको अवस्था रहेको छ । गत वर्षदेखि हामीले गुणस्तरलाई विशेष ध्यान दिएर काम गरिरहेका छौं । जसले गर्दा गुणस्तरहीन उत्पादनलाई निरुत्साहित गरिएको छ । अहिले मासु र दूध उत्पादक किसानहरूले राम्रो बजार पाइरहेका छन् । उपभोक्ताहरूले समेत नेपाली उत्पादनलाई मन पराउने गरेका छन् ।

उपभोक्ताले सरल मूल्यमा नेपाली उपभोग्य सामग्रीको प्रयोग गर्न कसरी पाउँछन् ? यसको सम्भाव्यता कस्तो छ ?

–हाम्रोमा उत्पादन प्रणाली अलि आधुनिक हुन सकिरहेको छैन । जसले गर्दा किसानले उत्पादन गर्ने वस्तुमा लागत मूल्यबृद्धि भएको छ । हामी निर्वाहमुखीबाट रोजगारमुखी हुँदै व्यवसायमुखी हुन्छौं, जब उत्पादन लागत कम हुन जाने भएपछि वस्तुको मूल्य कम हुन्छ । उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन लागत घटाउने र बजारमा सस्तो मूल्यमा वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सकिन्छ ।

राज्यले दिने भनिएका सहयोग र अनुदानका कार्यक्रमहरू खास किसानको पहुँचसम्म पुगेका छैनन् । सरकारबाट निर्माण गरिएका कार्यविधिहरू तल्लो तहका किसानहरूले पाउने खालको कार्यविधि नै छैन । धनी किसानहरूले अनुदानकै लागि फर्मको खेती गर्नेहरूसम्म मात्र पुग्ने गरेको छ । ग्रामीण किसानको पहुँचसम्म पुग्ने किसिमको कार्यविधि तयार गरी अनुदान रकमलाई व्यवस्थित गरिनु पर्दछ । नीति नै फेरबदल गर्नु आवश्यक छ ।

पछिल्लो समय देश संघीयतामा गइसकेपछि स्थानीय तहमार्फत् किसानका समस्याहरूको सम्बोधन गरिएला भन्नेमा हामीले विश्वास गरेका थियौं । तर, किसानका नामका बजेटहरू स्थानीय तहमा पुगे पनि त्यसको उचित उपयोग गरी किसानको पहुँचसम्म पु¥याउने काम हुन सकेनन् । कृषिको नाममा गएको बजेटलाई अन्य काममा प्रयोग गरिएको अवस्था अहिले पनि छ । हाम्रो तर्फबाट खबरदारी गरिरहेका छौं । गत वर्षदेखि केही राहतका काम तल्लो तहमा पुगेको छ ।

कोरोना प्रकोपले उत्पादनमा पारेको प्रभाव कस्तो छ ?

–महामारीले उत्पादनलाई प्रभाव पारेन । तथापि बजारलाई ठूलो असर पारेको छ । बजारलाई पारेको प्रभावले उत्पादन क्षेत्रमा ह्रास आएको हो । कुखुरा उत्पादन किसानलाई केही नोक्सानी पुगेको छ । कहाँ, के, कति किसान यसको मारमा परे भन्ने यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन । बजारको समस्या चाहिँ अत्यधिक बढेको छ ।

महामारीकै कारण कतिपय किसानले आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ । विशेषगरी यस्तो समस्या कुखुरा उत्पादनमा परेको छ । दानाको अभाव, बजारको अभावले समस्या सिर्जना भएको हो । त्यस्ता किसानहरूको व्यवसायलाई पुनस्र्थापित गर्न राज्यले उचित राहत प्याकेज ल्याउनु जरुरी छ । जसले गर्दा ती किसानलाई उत्पादनमा जोडिन सक्ने अवस्थाको सिर्जना हुन्छ ।

किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाहमा संघको भूमिका के रहन्छ ?

–सहकारीमा समुदायको साझेदारी हुने भएकाले यसका सदस्यहरूको आर्थिक विकासका लागि लगानीलाई व्यवस्थित गनुपर्छ भन्ने उद्देश्य रहन्छ । सहकारीको मर्मअनुसार संस्थाहरूले आफ्ना सदस्यहरूलाई उत्पादनमा जोड दिन सरल रुपमा लगानी गर्नु पर्दछ । सरकारी तहबाट समेत सरल र सहुलियतपूर्ण कर्जा दिने कुरालाई व्यवस्थित गर्दै लैजानु पर्नेछ । जसले गर्दा किसानले गर्ने उत्पादनमा सहयोग पुग्न सकोस् यसका लागि संघले समन्वयको भूमिका निर्वाह गर्नेछ ।

उत्पादक, प्रवद्र्धक र वितरकबीचको सम्बन्ध कस्तो छ ?

–उत्पादनमा तीन तह जोडिएको हुन्छ । उत्पादक, वितरक, खरिदकर्ता व्यापारीपछि मात्र उपभोक्तासम्म पुग्ने अवस्था छ । यसबीचमा ठूलो मूल्यको अन्तर पर्ने गरेको पाइन्छ । यसलाई व्यवस्थापन गर्नका लागि उत्पादक र उपभोक्ताबीचको दुरी कम गर्नु जरुरी छ । राज्यले केही सपोर्ट गर्न सक्यो भने हामी यसको व्यवस्थापन गर्न सक्छौं । उत्पादक किसान र उपभोक्ताबीचको दूरीलाई जोड्ने काम सहकारीले नै गर्नुपर्दछ । यो हाम्रो दायित्व हो ।

संघले स्थापनाकालदेखि राज्यको निकाय, किसान र उपभोक्ताबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ । किसानका समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने खोजी गरी सरोकारवाला निकायहरूसँगको समन्वयमा उत्पादन तथा बजार व्यवस्थापन ध्यान दिनुपर्छ । स्थानीय उत्पादनलाई नै प्राथमिकता दिएर प्रविधियुक्त, व्यावसायिक उत्पादन गर्ने र आत्मनिर्भर हुने विषयमा हामी किसानहरूबीच पुगेका छौं । लागत अनुपात घटाउने र उत्पादित बस्तु सरल मूल्यमा उपभोक्तासम्म पुर्याउने हाम्रो लक्ष्य हो ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS