- कुमार ओझा / गुरुप्रसाद खतिवडा
-->

(बहुदलपछि लगातार दुई पटक गाविस अध्यक्ष निर्वाचित भई जनताको सेवामा निरन्तर लागिरहेका मोहन बस्नेत दक्षिणकाली नगरपालिकाका मेयर हुन् । मुलुकमा लोकतन्त्रको प्राप्तिसँगै राजनीतिक जोडघटाउका बीच समेत जनताले रुचाइएका बस्नेतलाई मतदाताले फेरि दक्षिणकाली नगरपालिकाको पहिलो मेयरका रुपमा निर्वाचित गराए । ९ वडामा विभाजित नगरपालिकाको समृद्धिका लागि क्रियाशील उनी, धार्मिक सम्पदा संरक्षण गर्ने, बालबालिकाको शिक्षा, स्वास्थ्य र खानेपानीको विकास । ग्रामीण क्षेत्रमा सडक सञ्जालको विस्तार गरी युवालाई कृषि पर्यटन प्रवद्र्धनका लागि प्रोत्साहन र रोजगारी सिर्जना गर्दै नगरको समृद्धि यात्रामा निरन्तर खटिइरहेका बस्नेतसँग साझामेलका लागि कुमार ओझा र गुरुप्रसाद खतिवडाले गरेको कुराकानीः)

दक्षिणकाली नगरपालिकालाइ समृद्ध बनाउन नगरबासीलाई सेवा प्रवाह गर्ने कार्य कसरी भइरहेको छ ?

–दक्षिणकाली नगरपालिकाले ३ वर्षको अवधिमा प्रत्यक्ष जनताले खोजेको शिक्षा, स्वास्थ्य, खानेपानी र यातायात, विदेशबाट फर्किएका युवालाई दिन सकिने उद्यमशिलता र रोजगारी लगायत काम गरिएको छ । हामी निर्वाचित भएपछि नगरपालिकाले जनताको चाहना कसरी पूरा गर्न सकिन्छ भनेर अहोरात्र खटिइरहेको स्थिति रह्यो । धेरै तीव्रताका साथ काम गर्न खोज्दा खोज्दै पनि अलिकति हामी यताकता अल्झियौं नै, जति समय हामीले विकास निर्माणको काम गर्नुपथ्र्यो त्यो गर्न सकेनौं कि भन्ने लागेको छ ।

हामीले जनताको प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणको पहिचान गरेका हौं, त्यो काम गर्नका लागि परिस्थिति अलिकति असहज बन्दै गयो । हामीले असहज हुँदाहुँदै पनि सहजता खोजेर काम ग¥यौं । शिक्षा अनिवार्य छ, भनेर शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्ने कोशिस ग¥यौं । विद्यालय सुधार कार्यक्रम अनुसार टिनको छानामा बसेर पठनपाठन गर्नु पर्ने बाध्यताको अन्त्य गर्न १८/१९ वटा सुविधा सम्पन्न भवनहरु निर्माण ग¥यौं । विद्यार्थीलाई सहज वातावरणमा पठनपाठन गर्नका लागि प्रविधि र पूर्वाधार विकासमा ध्यान दिएका छौं ।

विद्यालयमा स्वच्छ वातावरण छ–छैन भनेर विद्यालयहरुको अनुगमन गर्न माध्यमिक विद्यालयहरुमा प्रविधिको प्रयोग गरी सीसीटीभी क्यामेरामार्फत् नगरपालिकाबाट नै अनुगमन गर्ने व्यवस्था मिलाएका छौं । शिक्षकहरुलाई समयानुकूल तालिमको व्यवस्था गरी परम्परागत भन्दा आधुनिकतातर्फ उन्मुख गराएका छौं ।

‘हामीले कस्तो विद्यार्थीको कल्पना गरेका छौं’ ? भन्ने विषयलाई ध्यान दिएर नगरभित्र भएका श्रोतसाधनलाई बुभ्mने । आफ्नो रितिरिवाज र परम्परासँग नजिक हुने । नगरभित्र भएका सम्भावित कुराहरु पनि विद्यार्थीले पहिचान गर्न सक्ने किसिमको बनाउनु पर्छ । विद्यार्थीहरु संस्कारबाट पोख्त भएको हुनुपर्छ भनेर नगरपालिकाले नगर स्तरिय रमाईलो नामक पाठ्यपुस्तक निर्माण गरेका छौं ।

त्यो पुस्तकमा नगरपालिकाभित्र रहेका देवदेवीका मठमन्दिरदेखि पर्यटकीय सम्भावनाका क्षेत्रहरु । जेष्ठ नागरिक संग कस्तो व्यवहार गर्ने ? परिवारसँग कस्तो घुलमिल हुनु पर्ने भन्ने विषयलाई समेटेर नैतिकशिक्षा समेतलाई समावेश गरेका छौं ।

परम्परावादी शिक्षालाई परिवर्तन गरी नयाँ विषयवस्तु अनुसार विद्यार्थीको स्तरबृद्धि गर्नु पर्छ भनेर परिवर्तनकारी भूमिका निर्वाह गरेका छौं । संस्थागत विद्यालयका शिक्षकहरुलाई समेत तालिम दिने । संस्थागत विद्यालयमा समेत नगरपालिकाले तोकेका पाठ्यपुस्तक अनिवार्य लागू गर्नुपर्ने बाध्यकारी प्रावधान राखेका छौं ।

नगरबासीहरु स्वस्थ हुनुपर्छ । जेष्ठ नागरिकहरुलाई घरदैलोमा स्वास्थ्य सेवा प्रदान गरी उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिने र औषधी उपचारको व्यवस्था मिलाउने कार्य गरिएको छ । जेष्ठ नागरिकलाई दशैं चाडको अवसरमा एक जोर ‘नयाँ न्यानो कपडा’ वितरण गर्ने गरेका छौं । जसले जेष्ठ नागरिक हाम्रा पुजनीय हुन् भन्ने कुराको ज्ञान सबैलाई हुन जान्छ । उहाँहरुलाई सम्मान गर्ने लगायतका गतिविधिहरु नगरले गरेको छ ।

कोभिड–१९ प्रकोपको रोकथाम एवम् संक्रमण न्यूनिकरणका लागि के–कस्तो काम भइरहेको छ ?

–कोभिड १९ को महामारीले सबैलाई तड्पाएको छ । यो समस्याको समाधानका लागि नगरले जेष्ठ नागरिकलाई सचेतता अपनाउन अभियान चलाएका छौं । कोभिडको महामारीबाट बच्ने उपायहरु र भौतिक दुरी कायम राख्ने विषयमा सचेतना अभियानहरु सञ्चालन गरियो । क्यारेन्टाइन निर्माणसँगै आइसोलेसनको व्यवस्थापन गरिएको छ । अहिले पनि दर्जनको हाराहारीमा आइसोलेसनमा बस्नेको संख्या छ । पचासभन्दा बढीले यसबाट लाभान्वित भइसकेका छन् ।

नगरबासीले कोभिडको महामारीले पारेको प्रभावबाट ‘अब म कहाँ जाने’ ? ‘मलाई कस्ले हेर्ला’ भन्ने नहोस् भनेर चाल्नाखेलमा २० बेडको आइसोलेसन तयार गरेका छौं । कोरोनाले बृद्धबृद्धालाई बढी प्रभावित पार्ने हुँदा होसियारी अपनाउन सचेतना अभियानहरु चलाएका छौं । स्वास्थ्यकर्मीहरुलाई जोखिमको बेलामा जनतालाई बढीभन्दा बढी सेवा दिन निर्देशित गरेका छौं ।

रोजगारीका लागि युवालाई कृषि र उद्योगमा प्रोत्साहन गर्न कस्ता कार्यक्रम ल्याउनु भएको छ ?

–विदेशिएका युवा र स्थानीय युवालाई समेत कृषि पेशामा कसरी आकर्शित र प्रोत्साहित गर्ने एवं नगरको विकासमा संलग्न गराउने । तरकारी, फलफूल, अन्न उत्पादन, पशुपालन लगायतका व्यवसायमा प्रोत्साहन गरी युवा सहभागिताको अभियान थालिएको छ । राहत स्वरुप कृषि क्षेत्रमा संलग्नहरुलाई मल, बीउ, र प्रविधि उपलब्ध गराउने लगायतका कार्य सबै वडाभित्र गरेका छौं । ९ वटा वडालाई फरकफरक पहिचान दिने गरी कार्यक्रम बनाएका छौं । १ नम्बर वडा पर्यटन, २ र ३ नम्बर वडा तरकारी पकेट क्षेत्र छ । ७ नम्बर वडा उद्योग क्षेत्रको रुपमा विस्तार गरिएको छ । उद्योग व्यवसायलाई प्रोत्साहन गर्न उद्योग मन्त्रालयको सहकार्यमा करिब चार करोडको लागतमा पहुँचमार्ग निर्माणको तयारी भइरहेको छ । देशभरका उद्योगीहरुलाई आकर्षण गरिएको छ । जसले यस नगरमा रोजगारीको सिर्जना गर्न ठूलो मद्दत पु¥याउने विश्वास छ ।

भूगोलको हिसावले यो ठूलो नगरपालिका हो । हामी निर्वाचित भएर आए लगत्तै देशभरका उद्यमी व्यवसायीलाई मिडियामार्फत् आह्वान गरी औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने वातावरण तयार गरेका छौं । यहाँ धेरै उद्योगधन्दाहरु सञ्चालन गर्न सकिने वातावरण छ । हामी यो क्षेत्रलाई औद्योगिक हब बनाउन चाहन्छौं ।

निर्वाचन पूर्व र जनप्रतिनिधि भएपछि नगरबासीले पाएको फरक अनुभूति के हो ?

–नगरबासीलाई अनुभूति गराउनका लागि सकारात्मक सोचको विकास गर्नु पनि विकास हो । आमनागरिकलाई ठूलाठूला महलको विकास भन्दा पनि उनीहरुको दैनिक जीविकासँग जोडिएका स–साना काममा सहयोग गर्न सके यो बढी महत्त्वको हुन्छ । जनताको अपनत्व र भावना बुझेर काम गरौं भनेर हामी आगाडि बढिरहेका छौं । नगरबासीले खोजेको र आवश्यकता महसुस गरेको के हो ? भनेर पहिचान गरी काम गर्न सकेमा जनताले फरक अनुभूति प्राप्त गर्नेछन् ।

अहिले हामीले धेरै राम्रा काम ग¥यौं भन्दा पनि जनताका जनजीविकाका आवश्यकताहरुलाई पूरा गर्ने काम गरेको छौं । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, कृषि, पर्यटनलाई साथसाथै लैजानको लागि हामी काम गरिरहेका छौं । जसले जनतालाई अनुभूत गर्ने वातावरणको तय हुने नै छ । अत्यन्तै चुनौतीका बावजुद हामी दक्षिणकाली नगरको समृद्धिका लागि जनताहरुसँगै हातेमालो गर्दै अगाडि बढिरहेका हौं । प्रत्येक वडामा खानेपानीका लागि ट्यांकी निर्माण र पानी वितरणको व्यवस्थापन मिलाइएको छ । विभिन्न डाँडाकाँडामा समेत लिफ्टिङ प्रणाली मार्फत खानेपानी पु¥याउने योजना सञ्चालन भइरहेका छन् । हामी वडा र नगरवासीहरुलाई स्वच्छ पानी उपलब्ध गराउन सक्षम हुनेछौं ।

यातायातको क्षेत्रमा काठमाडौ–दक्षिणकाली मात्र नभएर काठमाडौं–हेटौंडा पनि यही नाका भएर जाने भएकाले यसको महत्त्व बढी छ । प्रदेशको राजधानी जानेबाटो समेत यही हो, मुख्यमन्त्री, सांसदहरु लगायत यसबाटोबाट यात्रा गर्नेहरुलाई समेत सहज होस् भनेर निर्माणको कामलाई ध्यान दिएका छौं । कोभिडको महामारी नभएको भए हामी सडक यातायातको क्षेत्रमा ठूलै फड्को मार्ने अवस्थामा थियौं । यातायात क्षेत्रमा ब्यापक सुधार भएर जाने छ । किसानका उत्पादनलाई ध्यान दिएर कृषि सडकहरुलाई समेत प्राथमिकता दिएका छौं ।

दक्षिणकाली धार्मिक शहरको गन्तव्य पनि हो । यसको प्रवद्र्धन गर्न के गर्नु भएको छ ?

–दक्षिणकाली कृषि, उद्यमी र सांस्कृतिक शहर हो । यो प्राचीन शिखरापुर नगरको रुपमा फर्पिङलाई मानिन्छ । यहाँ उपत्यका जलमग्न भएको बेला पनि वस्ती विकास भएको क्षेत्र हो । यो ठाउँको पहिचान सबैलाई दिनुपर्छ । यसलाई ‘सांस्कृतिक शहर’ कसरी बनाउन सकिन्छ भनेर सम्पदा संरक्षण अभियानमा लागेका छौं । यहाँभित्र भएका धार्मिक क्रियाकलाप हामीले मात्र थाहा पाएर हुँदैन भनेर उजागर गरेका छौं । पुरानो संस्कृति देखाउनका लागि समेत अनुदानको व्यवस्था गरेका छौं ।

धार्मिक संग्रहालय बनाउने कार्यक्रम अन्तर्गत हाल ५० लाख विनियोजन गरिएको छ । यो सांस्कृतिक शहर हो, संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको प्रयासमा धार्मिक पर्यटकीय क्षेत्रको सम्भावना भएकाले पुरानो दक्षिणकाली माताको नामबाट विकशित भएको शहरलाई सांस्कृतिक शहरको रुपमा विस्तार गर्ने योजना रहेको छ । बुद्धमार्गीहरुको समेत महत्त्वपूर्ण तीर्थस्थल भएकाले यसक्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाले योजना बनाएको छ ।

दक्षिणकालीलाई समृद्ध बनाउने योजना के छ ?

–हामीले योजना बनाउने हो । लक्ष्य तय गर्ने हो । नेपालमा संघीय गणतान्त्रिक संविधान निर्माण गर्नका लागि पनि चालिसौं वर्ष तपस्या गर्नुप¥यो । अब विभिन्न किसिमका नामको आन्दोलन गर्ने नभएर गणतन्त्रको उपलब्धि संविधानको कार्यान्वयन गर्ने हो । यसलाई टेकेर विभिन्न किसिमका काम गर्ने हो भने समृद्धि टाढा छैन । यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर अधिकार बाँडफाँड गरी काम गरे संविधानलाई दीगो र सबै सरकारले इमान्दारीपूर्वक अधिकारको पालना गरेमा जनताले समृद्धिको अनुभूति गर्न पाउने छन् ।

संविधानले निर्दिष्ट गरेका अधिकार र कर्तव्यलाई परिपालना गर्ने हो भने समृद्धि टाढा छैन । राजनीतिक तह, कर्मचारीतन्त्र र तीनै तहका सरकारको समन्वयले मात्र संविधानको दीगोपना सम्भव छ । तर, यहाँ बेलाबखत आफूले मात्र अधिकारको प्रयोग गर्न पाए हुन्थ्यो भन्ने, अधिकार आफैसँग निहीत राख्न पाए हुन्थ्यो भन्ने कुराले अलमल गराएको पाइन्छ । तीनै तहका सरकारको धेरैथोरै कमजोरी छ, यसलाई सुधारेर जान सक्नुपर्छ । संविधानलाई दीगो र सबैको हो भन्ने अनुभूति गराउन सकेमा जनतालाई महसुस गराउन सकिन्छ । हामी आफू–आफूमा अधिकारको तानातान गरिरहनु हुँदैन । संविधानको मर्मअनुसार इमानदारिताका साथ काम ग¥यौं भने ‘जनताले खोजेको सिंहदरबार’ आइपुगेछ भन्ने अनुभूति दिन केही गाह्रो छैन ।

तीनै तहले समन्वयमा स्थानीय तहलाई दिनुपर्ने अधिकार र जिम्मेवारीमा कञ्जुस्याईं गरिएको छ । समन्वयको अभाव पनि हुनसक्छ या परम्परावादी चिन्तनको सोच पनि हुनसक्छ । किनभने केन्द्रमै अधिकार राखिराख्नु चाँही परम्पराबादी चिन्तन हो । हामीले संविधानले परिकल्पना गरेको अधिकार दिन कञ्जुस्याईं गरिरह्यौं भने संविधान कमजोर हुँदै जान्छ ।

दक्षिणकालीमा सहकारीको अवस्था के छ ? सहकारी र सरकारी क्षेत्रको सहकार्य कसरी भइरहेको छ ?

–सबैको सहकार्यमा हुने कार्य नै सहकारी हो । सबै मिलेर हातेमालो गर्नुपर्छ भन्ने भावना लिएर गयौं भने सहकारी क्षेत्र फस्टाउँछ । समृद्धिका लागि सहकारी भनेर सोच्न सक्यौं भने जनताको समृद्धिमा सहयोग पुग्नेछ । यहाँ करोडौं रकम डम गरेर बसेका सहकारीले उद्योगधन्दा, कृषि उत्पादन र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्न सक्यौं भने रोजगारी सिर्जना हुनसक्ने भएकाले समृद्धि यात्रालाई गन्तव्यसम्म पु¥याउन सहकारीको भूमिका महत्त्वपूर्ण हुन्छ ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS