- देवराज प्रसाईं
-->

काठमाडौं । बिश्वव्यापी महामारीको रुपमा फैलिएको ‘कोभिड १९’का कारण बिश्वको अर्थतन्त्रमा सबै भन्दा बढी असर परेको देखिन्छ । लकडाउनका कारण कल कारखानाहरु बन्द भएर दैनिक जिविकोपार्जन गरिरहेका मजदुरहरुले सबै भन्दा बडी रोजगारी गुमाएको अबस्था छ । उनीहरुको दैनिकी गुजाराका लागि ठूलो समस्या सिर्जना भएको अवस्था देखिएकाे हाे ।

यस्तो अवस्थामा बिश्वको सबैभन्दा ठूलो अन्र्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लव अफ इन्टरनेशनले विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाएको हो । लायन्समा मात्रै हाल १४ लाखको हाराहारीमा सदस्य रहेका छन । कोरोना भाइरसको महामारी पछि देशमा भएको लकडाउन र बन्दाबन्दीले नागरिकको दैनिक जिविकोपार्जनको समस्या बढीरहँदा संस्थाले राहतका कार्यक्रहरु सञ्चालन गरेको छ ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा लायन्स सदस्यहरुको सक्रियतामा राहत वितरणका कार्यहरु भएका छन । सर्वसाधारण र निम्न आय भएका नागरिकहरुलाई लक्षित गरी आफ्ना कार्यक्रम सञ्चालन गरेको क्लवले जनाएको छ ।

नेपालका विभिन्न क्षेत्रमा रहेका लायन्स क्लवहरुले जोखिममा परेका नागरिकको पहिचान गरी यस्ता कार्यक्रमहरु गर्दै आएको हो । क्लवले ‘कोभिड–१९’ महामारीको समयमा खाद्य सामाग्री वितरण, फूडबैंक, क्लोथ बैंक, रक्तदान, हगर रिलिफ कार्यक्रम लगायतका राहत प्याकेजहरु सञ्चालन गर्दै आईरहेको छ ।

हाल सयुक्तरुपमा ड्रिष्टिक ३२५ ए २ अन्तर्गत क्लष्टर ३ का ३२ वटा सम्पुर्ण क्लवहरुको साझेदारीमा फुड बैंक स्थापना गर्दै ३२५ ए २ का गभर्नर डा. शुशिला मल्ल, सेकेण्ड भीडीजी दिनेश श्रेष्ठ, कोषाध्यक्ष कमल कायस्थ, ड्रिष्टिक हंगर चिफ संगिटा सिलवाल लगायतको उपस्थितिमा काठामाडौ स्थित कोटेश्वर हिमालयन कलेजमा फूड बैंकको स्थापना गरी चामल, दाल, चिउरा, तेल, नुन, न्युटेला, साबुन तथा मास्क लगायत सामाग्रीहरुको प्याकेजिङ तयारी गरी शुभारम्भ गरिएको जोन चियरपर्सन रबिन्द्र रिमालले जानकारी दिएका छन ।

फूड बैंक स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्लष्टर चिफ अनन्त खड्का, चिफ एरिया कोडिनेटर रामहरी सिलवाल र सुधामा कार्की, एरिया कोडिनेटर मोहन अर्याल, रिजाइन चियरपर्सनहरु जोन चियरपर्सन लगायतले कार्यक्रमको प्रभावकारीता लागि प्रतिवद्धता जनाएका थिए । उनीहरुले कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने समेत जनाएका छन् ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS