-->

काठमाडौँ । रातो मश्च्छिन्द्रनाथको रथ तान्ने भिडले उब्जाएको तनाव नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले लगाउँदै आएको कफ्र्यू आदेश शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म लगाएको कर्फ्यु हटाएको छ ।

ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठक तथा अन्य सरोकारवाला निकायहरु सँग भएको छलफलपछि शुक्रबार राति बाट कर्फ्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । तर, रातो मछिन्द्रनाथको रथ भएको क्षेत्र वरपर भने बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र कायमै राखिएको छ ।

ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले मुख्य रथ र सानो रथ भएका स्थानमा आगामी भदौ २६ गते राति १० बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय भएको जानकारी दिएका छन् । सो क्षेत्रमा ५ जनाभन्दा बढीको समुहमा भेला हुन र हिड्न निषेधित गरिएको बस्नेतले बताए ।

गत बिहीबार प्रशासन र स्थानीय गुठीहरुको निर्णयविपरीत एक समूहले जात्रा सञ्‍चालन गर्न खोजेपछि झडप भएको थियो । त्यस क्रममा प्रहरी र जात्रा पक्षधरबीच झडप भएको थियो । त्यसपछि ललितपुर प्रशासनले जिल्ला सुरक्षा समिति बैठक बोलाएर शुक्रबार बिहान ४ देखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको थियो ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS