-->

काठमाडाैं । नोवेल कोरोना ९कोभिड–१९० भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार ४३८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २ करोड २० लाख ४९ हजार ४२६ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये १ करोड ४७ लाख ९१ हजार ८५९ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै अमेरिकामा १ लाख ७३ हजार ७१६ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ८ हजार ६५४ जना, मेक्सिकोमा ५७ हजार २३, भारतमा ५१ हजार ९२५ जना र बेलायतमा ४१ हजार ३६९ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ५६ लाख १२ हजार २७ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ३३ लाख ६३ हजार २३५ जना, भारतमा २७ लाख १ हजार ६०४ जना, रसियामा ९ लाख २७ हजार ७४५ जना र दक्षिण अफ्रिकामा ५ लाख ८९ हजार ८८६ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा २९ लाख ७३ हजार ५८७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा २४ लाख ७८ हजार ४९४ जना, भारतमा १९ लाख ७६ हजार २४८, रसियामा ७ लाख ३६ हजार १०१ र दक्षिण अफ्रिकामा ४ लाख ७७ हजार ६७१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १७ हजार ४ सय ९५ जना रहेको छ भने मृत्यु हुनेको संख्या १०७ जना पुगेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS