-->

काठमाडौं। वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षको उमेरमा आज निधन भएको छ ।

नेशनल हस्पिटल कलङ्कीमा उपचारको क्रममा उनको आज १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए।

उच्चकोटिको पौभाः लेखनमा सिद्धहस्त चित्रकार नेपाल भाषाका गीतकार पनि थिए। उनका श्रीमती, तीन छोरी र एक छोरा छन्।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यसैबीच प्रतिष्ठान आज एक शोक वक्तव्य जारी गरी उनका निधनले स्तब्ध भएको जनाएको छ।

दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै प्रतिष्ठानले उनीप्रति श्रद्घाञ्जली अर्पण गरेको छ।

वक्तव्यमा यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् समवेदना प्रकट गरिएको छ।

उनको परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान रहेको र उनले धेरै कलाकारहरु उत्पादन गरेको कुलपति कर्माचार्यले जानकारी दिए।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS