-->

चिनियाँ इलेक्ट्रोनिक कम्पनी साओमीले आफ्नो दशौं वार्षिकोत्सको अवसरमा धेरै नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । जसमध्येका एउटा ५५ इञ्चको ट्रान्सपरेन्स टीभी समेत रहेको छ ।

साओमी विश्वकै पहिलो कम्पनी बनेको छ, जसले व्यावसायिक रुपमा ट्रान्सपरेन्ट टीभीको उत्पादन शुरु गर्न थालेको छ ।

यो टीभीको सबैभन्दा विशेष विशेषता ट्रान्सपरेन्ट अर्थात पारदर्शी डिस्ले नै हो । यसको अर्थ यो टीभीबाट वारपार देख्न सकिन्छ । त्यसो त यस अघि पानासोनिक र एलजी जस्ता कम्पनीले समेत ट्रान्सपरेन्ट टीभीको प्रोटोटाइप सार्वजनिक गरेका थिए ।

साओमीको यो ट्रान्सपरेन्ट टीभीलाई एमआई टीभी लक्स ओएलईडी नाम दिइएको छ । यो टीभीको मूल्य ४९,९९९ युआन (नेपाली रुपैयाँ करिब ८ लाख ५९ हजार) राखिएको छ ।

यसमा ५५ इञ्चक डिस्प्ले रहेको छ । टीभीमा ओएलईडी प्यानल राखिएको छ । जसको कन्ट्रास्ट रेसियो १५०००० : १ रहेको छ । यस्तै डिस्प्लेको रिफ्रेश रेट १२० हर्ज रहेको छ ।

टीभीमा एआई मास्टर इन्जिन रहेको छ । यस्तै, मिडियाटेकको ९६५० प्रोसेसर र डल्बी एटमस अडियो सपोर्ट समेत यो टिभीमा दिइएको छ ।

हाललाई साओमीको यो टीभीको बिक्री चीनमा शुरु गरेको छ । अन्य मुलुकहरुमा यसको बिक्री शुरु गर्ने विषयमा कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS