अलविदा तुलसी दिदि टाईपिष्ट देखि ब्रान्च म्यानेजरसम्म

  • प्रकाशित मिति : June 10, 2021
  • उमेश राना मगर

काठमाडौं। जीवन एउटा घामछायाँ रहेछ, यसलाई जसरी रमाए पनि हुन्छ कुनै अकाट्य सत्य छैन जो जीवन यसरी जीउनु पर्दछ भनेर । यसलाई मन लाग्दो संगले जति सक्दो धेरै भरपुर मात्रामा जिम्मेवार, अनुशासित अनि विश्वासका साथ अडिक बनाउन सकियो उति नै यसलाई रंगाउन सकिन्छ । अस्तित्ववादीहरुका अनुसार भौतिक शरिर रहिन्जेल सम्मको लागि जीवन हो । यसलाई जतिसक्दो धेरै भन्दा धेरै उपयोगी, विश्वासीलो र मानवहितमा लाग्नेगरी कठोर यात्रा र प्रयास गर्दै अगाडी बढ्नुपर्ने भावना राख्दै अगाडी बढ्नु पर्ने विचार राख्दै कर्मशिल हातहरुलाई निरन्तर कडा मिहेनत गर्दै अगाडी बढ्ने प्रयास र प्रोत्साहनको लागि सगरमाथा झैं अटल अडिक एउटा नाम तुलसी थापा मगर हो ।

नेपालको पुर्वीभाग सुन्दै पनि आहा ! घुम्नलाई रमाईलो ठाउँहरु ईलाम, झापा, धरान, धनकुटा भेडेटारजस्ता ख्यातीप्राप्त रमणिय पर्यटकिय नगरीहरु रहेको क्षेत्र हो । यिनै सुन्दर नगरीहरुमध्ये पनि अत्यन्त सुन्दर, विकासको नमुना भेडेटाराको चिसो मौसमको प्रभाव अनि तराईको फाँटहरुको गर्मीको संगम स्थल आदिवासी जनजातीहरुको बाहुल्यता रहेको नगर धरान हो । विदेशी ऐन नियम अनि फेसनले प्रभाव पारेको नगरी भएकोले भौतिक पुर्वाधार निर्माण र याहाँको रहसन सहनमा यो नेपालकै अग्रस्थानमा रहेको नगरी हो । सुन्दर नगरी धरानमा सप्तकोशीको फाँट अनि भेडेटारको चिसो मौसमको साथ रहेकोले पनि यसको वातावरण र सुन्दरताको लागि थप साथ पाएको छ । रमाईलो वातावरण र रंगिन रहनसहनले दंग परेको यहि सुन्दर नगरी धरानमा बसोबास भएको मिति २००६ साल कार्तिक १७ गते उनै तुलसी थापाको बाबु अजबिर थापा र आमा बाटुमाया थापाको काखमा लाहुरे परिवारमा खुसी छर्दै हङ्गकङ्गमा जन्म लिनुभएको थियो ।
सामान्य बालबालिकामा हुने गरेको बालाञ्चल त उहाँमा पनि थियो नै तर पनि लाहुरे परिवार धराने समाज अनि शौखिन जीवनले उहाँलाई खासै फरक पार्दैनथ्यो । बालापनदेखि नै हक्की स्वभाव, अनुशासित अनि कडा मिहेनती स्वभाव आफ्नो एकल जीवन भन्दा पनि समाजसेवा र गहन जीम्मेवारी बहन गर्ने बानी थियो । साथीसंगीको लागि दिलोज्यान दिने उहाँको स्वभावले आफ्नो लागि छुट्टै संस्सारको कल्पना पनि गर्नुभएन । सुनसरीको धरानमा यसरी बालापनका तितामिठा अनुभवहरु संगाल्दै यहि अनुभवलाई जीवनको भोगाईको लागि अप्ठ्यारोमा यहि अनुभवलाई अंगाल्ने सजिलो र हरेक सुख दुखमा पनि यादगार बालापनको साथी संगी परिवारजनलाई साहारा बनाउने विश्वासका साथ बालापन पुरा गर्नुभएको थियो ।
आदिवासी प्रकृति पुजक भएकोले गर्दा देशको सेवामा स्वदेशको विकासमा हामी सबैको कल्याण छ भनेर विश्वास लिने उहाँले जीवनको दोस्रो तथा महत्पुर्ण अर्थात स्वर्णिम जीवनको सुरुवात नेपाल बैंक लिमिटेड बिराटनगरबाट २०२८ सालदेखि टाईपिष्ट पदबाट आफ्नो देशको सेवामा पाईला टेक्नुभएको थियो । कडा मिहेनत अनुशासन अनि काम प्रति लगनशिलताको कारणले गर्दा उहाँलाई कार्यक्षेत्रमा निरन्तर लागि पर्नको लागि स्वप्रोत्साहन हुने हुदा लामो समय सेवामा रहनुभएको थियो । यसै क्रममा मेहेनत र कर्म प्रति लगनशिलताको उपज धरान औधोगिक क्षेत्रमा अवस्थित नेपाल बैंक लिमिटेडमा २०४७ देखि २०४९ सालसम्मा ब्रान्च मेनेजरको रुपमा काम गर्नुभई ३० वर्षे लामो सेवा अवधी पुरा गर्नुभएको थिया ।
व्यस्तताको बाबजुत कला साहित्यमा पनि उहाँको अत्यन्त रुची रहेको थियो । नेपाली साहित्यमा कलम चलाउने नारीहरु त्यतिबेला अहिले जस्तो धेरै संख्यामा थिएनन् । गित संगितको क्षेत्रमा अझ निक्कै थोरै रहेको अवश्थामा उहाँको “पहाडबाट झरेका खोलाहरू झै बेसाहारा आफ्नो छदा छदै पनि बिबश भै दिने म …” लगाएत थुप्रै गीतहरु सिर्जना गर्दै नेपाली साहित्य आकासमा आफ्नो उपस्थीति जनाउनु भएको थियो । पहाडबाट झरेको गितमा सङ्गीत रमेश श्रेष्ठले गर्नु भएको थियो । यसरी नेपाली संगित आकाशमा आफ्नो दरिलो उपस्थिति राख्नुभएको थियो । नेतृत्वकला समाजसेवी भएको कारण धरान १६ मा उहाँहरु स्थानिय संयन्त्रहरुमा सक्रिय रहदारहदै २०७८ साल जेष्ठ २३ गते विहान यो संसारबाट विदा लिदै स्व.तुलसी थापा मगर बन्नुभएको छ ।
कठोर अनुशासन, ईमान्दारीता, अति मिलनसार एउटा अटल खम्बा ढलेको छ । समाज र परिवारको लागि आफ्नो निजी जीवनलाई तिलन्जाली दिएर समाजसेवामा लागिपर्नुभएको उहाँका सहोदर भाई प्रदिप थापाले जानकारी दिनुभएको छ । थापाका अनुसार समाजको लागि दिनरात नभनी लागि पर्ने एक ईमान्दार समाजसेवीको अन्त्यले परिवारका साथै समाजले पनि अभाव महशुस हुने बताउनुभयो ।
स्तम्भकारको अन्तिम भेटमा उहाँले हामी जहाँ जसरी रहेपनि कडा मिहेनत चाहि गर्नु पर्ने, कसैलाई दुख नदिने बरु अरुले आफुबाट केहि प्राप्त गरोस् तर अरुको केहि पनि अपेक्षा नगर्ने भनाईले आज पनि यो मनमा गाडिएको छ । यस्तो सत्बुद्धि हाम्रो देशको नेतृत्वलाई किन आउँदैन भनेर अहिले पनि चिन्ता गरिरहेको अवश्था छ । देशबाट सक्दो लिन कम्मर कसिरहेको यो सन्दर्भमा तुलशी दिदि देश र समाजलाई केहि दिन चाहानुहुन्थ्यो । नियतिले तुलशी थापा दिदिलाई असमयमानै हामीबाट छिनेर लग्यो । कर्म, धर्म अनि शब्दहरुमा उहाँले आफ्नो अस्तित्वलाई जसरी अजम्बरी बनाउनुभएको छ त्यसलाई नियतिले कदापि छुन सक्दैन । पार्थीव शरीरको अन्त्य भएपनि उहाँले छोडेर जानुभएको सिर्जना र कर्मले उहाँ संधै जीवित हुनुहुन्छ अनन्त कालसम्म जीवित रहनुहुनेछ । अलविदा तुलसी दिदि