गजल- बचाउछु

  • प्रकाशित मिति : June 10, 2021
  • sajhamail.com

आफ्नै ज्यानको बलि दिई नेपाल बचाउछु ।
गिद्दे नजर लाग्नबाट हिमाल बचाउछु ।।

प्रकृतिले हराभरा सुन्दर मेरो देश ।
बेच्न दिन्न खोला नाला, हिमताल बचाउछु ।।

हिमाल पहाड तराई, छ एउटै छानो मुनि ।
टुट्न दिन्र भाइ चाराको संजाल बचाउछु ।।

मिच्न दिन्न कसैलाई मेरो देशको सिमा ।
नेपाल भनी चिनाउने पर्खाल बचाउछु ।।

संसारलाई मोहित पार्ने सगरमाथा हाम्रो ।
रमाउदै बिश्व च्याउने संझ्याल बचाउछु ।।