सगरमाथा चढ्दै गोविन्द, विश्व रेकर्ड कायम गर्ने

  • प्रकाशित मिति : March 18, 2021
  • sajhamail.com

काठमाडौँ । जन्मदै पोलियो रोगी गोबिन्द प्रसाद देबकोटा बिस्वको यहि चैत दोश्रो साता सर्बाेच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा छन् । विश्व किर्तिमान राख्न पोलियो रोगी एक अपाङ्गता भएका व्यक्तिको तर्फबाट पहिलोपल्ट हुनलागेको सगरमाथा आरोहणको साहसी अभियानलाई सफल पार्न आर्थिक अभाब भएको उनले बताएका छन् । शुक्रबार एक पत्रकार सम्मेलन गर्दै देबकोटाले भने ‘सबैतिरबाट आशा देखाईयो सहयोग भएन ।’

गर्भमै पोलियो रोगी भै जन्मिएका ४७ बर्षीय गोबिन्द प्रसाद देवकोटासंग जीवन संघर्षका कथा झैं लाग्ने यथार्थहरु उमेर भन्दा धेरै छन् । उनी ११ बर्षसम्म हिडडुल गर्न समेत सक्दैन थिए । बाल्यावस्था पार भै सकेपछि मुस्किलले भएको पोलियोको उपचारले शारीरिक अपाङ्गता निक्कै कम त भयो तर पूर्णरूपमा हटेन जो अहिले पनि उनले भोगीरहनु परेको छ ।

‘मनमा साहस भयो भने संसार जित्न सकिन्छ,’ असम्भव भन्ने हुँदैन भने झैं गोविन्द देवकोटाले ६ हजार मिटर भन्दा अग्ला केहि हिमालको सफल आरोहण गरिसकेका छन् । अहिले उनी यहि चैत महिनामा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहणमा निस्कने तयारीले देवकोटाको दैनिकी अचेल व्यस्त भएको छ । सगरमाथा आरोहणका अरू सबै तयारी भए पनि उनलाई पैसाले रोक्ने हो की भन्ने डर छ ।

उनलाई लैजाने कम्पनीलाई ६७ लाख र अरू आवश्यक भौतिक समान किन्न ५÷७ लाख गरी कुल चाहिने ७५ लाख जती मध्ये उनीसंग २५÷२६ लाखको मात्र जोहो छ । बाँकी पैसा सहयोगका लागि सबैसंग देवकोटाले आशा र अनुरोध गरेका छन् ।

आफुले सकेको आर्थिक सहयोग गर्न चाहनुहुने गोविन्दप्रसाद देवकोटाको प्राइम बैंकमा रहेको खाता नम्बर ००७०३६६४ एममा नगद जम्मा गरिदिनुहुन उनले आग्रह गर्नु भएको छ । जन्मजात पोलियो रोगीको तर्फबाट हुन लागेको सगरमाथा आरोहणको यो साहसी अभियान सफल बनाउन हामी सबैले सक्दो सहयोग गरौँ ।