भारतीय बाँधले बाँकेका स्थानीय तहमा समस्या

  • प्रकाशित मिति : February 27, 2021
  • किरण ढकाल

बाँके । छिमेकी मुलुक भारतले एकतर्फीरुपमा बनाएको बाँधका कारण बाँकेका विभिन्न स्थानीय तहका हजारौ मानिस बर्षेनी समस्या भोग्न वाध्य छन् । भारतीय बाँधले गर्दा नरैनापुर गाउँपालिका, राप्ती सोनारी र डुडुवा गाउँपालिकाबासी बर्षेनी मारमा पर्ने गरेका हुन् ।

(इस्तियाक अहमद शाह) अध्यक्ष, नरैनापुर गाउँपालिका

(नरेन्द्र कुमार चौधरी) अध्यक्ष, डुडुवा गाउँपालिका 

 

      (लाहुराम थारु)  अध्यक्ष, राप्ती सोनारी गाउँपालिका

जिल्लाको नरैनापुरको सबै वडा, डुडुवा गाउँपालिकाका होलिया , बेतहनी, वनकटी, कम्दी र हिरमिनिया, राप्ती सोनारीको ६ र ७ वडाको फत्तेपुर, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्रका बासिन्दाले हरेक वर्ष बर्खा लागेपछि डुबान र कटानको चपेटा भोग्दै आएका छन् ।

भारतीय बाँधले प्राकृतिक बहाव रोकेपछि बर्सेनी जिल्लाको पूर्वीदक्षिण सीमावर्ती गाउँहरु डुबानमा पर्ने गरेका हुन् । भारतले कटकुइयादेखि पश्चिमतर्फ विस्तार गरेको बाँधले उत्तरबाट दक्षिण बग्ने पानीको निकास थुनेको छ । सोही कारण यहाँका बासिन्दा डुवान र कटानको मारमा पर्ने गर्छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग जोडेर बनाएको बाँधका कारण पानीको निकास नहुँदा पुरै गाउँपालिकाबासी बर्षेनी डुवानको समस्या भोग्न वाध्य हुनुपरेको र कुनै समय ठूलो विपद् आउन सक्ने बताउँछन् । ‘यो गाउँपालिकाका बासिन्दा हरेक बर्ष डुवानको मार खेप्न वाध्य छन्,’ उनले भने ‘केन्द्र सरकारलाई पटक पटक आवाज उठाए, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले समस्याको विषयमा भारतसँग कुरा राखेर समाधान खाज्नुपर्ने हो,’ उनले भने, ‘हाम्रो केन्द्र सरकारले आवाज नै सुनेन, स्थानीय सरकारले मात्र केही गर्न सक्दैन ।’ नले बर्खा आफ्नो घर सहित पुरै गाउँपालिकामा ४ फिट पानी जम्ने गरेको बताए ।

भारतले एकतर्फी बनाएको लक्ष्मणपुर बाँध १४ ढोका छन् र भारतको मनौला पुर्वा गाउँदेखि लक्ष्मणपुर कलकलवा तटबन्धले गर्दा पूरै गाउँ डुबानमा पर्दै आएका छन् । पछिल्लो वर्षदेखि दशगजामा विस्तार गरेको सडकजस्तो बाँधले जिल्लाका दक्षिणी भेगका सबै मानिस डुबानको जोखिममा पर्ने गर्छन् ।