जानकी गाउँपालिकाको क्षमता अभिवृद्धि तालिम

  • प्रकाशित मिति : February 27, 2021
  • sajhamail.com

बाँके । बाँकेको जानकी गाउँपालिकाले गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम, उद्यमशिलता विकास तालिम, लैङिगक तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न गरेको छ ।

गाउँपालिकाको आयोजनामा फागुन १० गते पालिकाको वडा नम्वर ६ मा यो तालिम भएको हो । ‘आर्थिक क्षेत्रमा लगानी, समृद्धिमा सुनौलो विहानी’ भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास तालिम सम्पन्न गरेको हो ।

यस्तै, जानकी गाउँपालिकाले स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा फागुन १३ गतेवाट सुरु भएको तालिम फागुन १९ गते सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले यो तालिम आयोजना गरेको हो ।

यस्तै, बाँकेको नेपालगन्जमा फागुन १४ गते लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आयोजनामा बाँके, बर्दिया र दाङ जिल्लाका स्थानीय तहका सूचना प्रविधि अधिकृतहरुलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सूचना ब्यवस्थापन प्रणाली सम्वन्धि तालिम सम्पन्न भएको छ ।

सूचना प्रविधि अधिकृतलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सूचना ब्यवस्थापन प्रणालीको ज्ञान दिने उद्देश्यले तालिम आयोजना भएको हो । प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रको व्यवस्थापनमा जोड दिएर तालिम आयोजना गरेको जनाएको छ ।