संस्थानको खुद बीमा शुल्क ५६८ करोड

  • प्रकाशित मिति : February 23, 2021
  • sajhamail.com

काठमाडांै । राष्ट्रिय बीमा संस्थानको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमा शुल्क आर्जन ५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
संस्थानको सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थानको समीक्षा अवधिको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ०.१८ प्रतिशतले कम भएको छ ।गत वर्ष यही अवधिमा संस्थाले ५ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा खुल्क आर्जन गरेको थियो ।

संस्थानले लगानी, कर्जा तथा अन्यबाट हुने आर्जन १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत वर्ष यस्तो आय १ अर्ब १० करोड रुपैयाँ थियो । गत वर्ष बीमालेखको धितोमा कर्जा आय ५६ करोड ६५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ५३ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ ।

दोस्रो त्रैमासमा संस्थानको दाबीभुक्तानी ०.५८ प्रतिशतले बढेर १ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थानले १ अर्ब ३६ करोड रुपैयाँ दाबीभुक्तानी गरेको थियो । संस्थानको व्यवस्थापन खर्च २२.७३ प्रतिशतले बढेर ९ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष यस्तो खर्च ७ करोड ९२ लाख रुपैयाँमा सीमित थियो । समीक्षा अवधिमा संस्थानको खुद नाफा २४.१९ प्रतिशतले घटेर २ कराड ६७ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिमा संस्थानका खुद नाफा ३ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

गत वर्ष २६ करोड २१ लाख रुपैयाँ रहेको संस्थानको जगेडा तथा कोषमा बढेर ३१ करोड २६ लाख रुपैयाँ पुगेको छ । संस्थानको जीवन बीमा कोषको आकार २२.१८ प्रतिशतले बढेर ३१ अर्ब ७२ करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो । संस्थानको चुक्तापुँजी १८ करोड १० लाख रुपैयाँको रहेको छ ।