राष्ट्रिय सहकारी बैकको नाफा ३५ करोड

  • प्रकाशित मिति : February 2, 2021
  • sajhamail.com

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय सहकारी बैकको नाफा २८.४७ प्रतिशतले बढेर ३५ करोड ३३ लाख ६६ हजार रुपैयाँ पुगेको छ । बैंकको नाफा गत आवको सोही अवधिमा २७ करोड ५० लाख ४३ हजार रहेको थियो ।

यो अवधिमा बैंकको नाफा बढ्न खुद ब्याज आम्दानीले सहयोग गरेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । गत आवको पुस मसान्तमा ५३ करोड ५ लाख ६२ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ७६ करोड ६९ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

यता बैंकको संचालन मुनाफामा भने गिरावट आएको छ । गत आवको दोस्रो त्रैमासमा २१ करोड १० लाख २४ हजार रुपैया रहेकोमा चालू आवको सोही अवधिमा घटेर ११ करोड ४३ लाख २ हजारमा सिमित बनेको छ ।

२ अर्व ८३ करोड २ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३ करोड ८९ लाख २४ हजार रुपैयाँ रहेको छ । बैंकको कूल पूँजी तथा दायीत्व ६२ अर्ब ९३ करोड ४१ लाख १८ हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकको निक्षेप दायीत्व ५८ अर्ब २७ करोड ७० लाख ५९ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

नेपालको पहिलो सहकारीका रुपमा रहेको यो बैंकमा हालसम्म करिव १२ हजार सदस्य रहका छन् । देशभर अहिले ३० हजार सहकारी सञ्चालनमा रहेकाले अहिले भने एउटा मात्र सहकारी बैंकले सबै सदस्यको आवश्यकता पुरा गर्न नसक्ने भन्दै अहिले अर्को सहकारी बैंक स्थापना हुँदै छ । तर, राष्ट्रिय सहकारी बैंकले भने अहिले नै अर्को सहकारी बैंकको आवश्यकता नरहेको जनाउँदै आएको छ । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केवी उप्रेती र प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईं रहेका छन् ।