एफएनसीसीआईको शहरी विकास समिति

  • प्रकाशित मिति : February 2, 2021
  • sajhamail.com

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित शहरी विकास समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह निर्वाचित भएका छन् ।

समितिका सदस्यहरूमा नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) का पूर्वअध्यक्ष ई. ध्रुव थापा, सोसाइटी अफ नेप्लिज् आर्किटेक्टस् (सोना) का पूर्वअध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजंघा हाउजिङ लिमिटेडका सञ्चालक विनय उपाध्याय, बरीष्ठ स्ट्रक्चर ई. डा. पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानूनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटी रहेका छन् ।

समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत छन् ।

त्यसैगरी समितिका आमन्त्रित सदस्यहरूमा जेनेरल इन्सुरेन्स कम्पनी नेपाल लिमिटेडका सञ्चालक कृष्ण बोहोरा, गंगा प्राली (रियल इस्टेट) चितवनका अध्यक्ष सिए दिनेश चुके, आईएनजीए रियल इस्टेट प्रालि, बुटवलका सञ्चालक नारायण बञ्जाडे, जियोटेक इञ्जिनियर सञ्जय कुमार जैन, शिवम हाउजिङ प्रालि बिर्तामोडका प्रवन्ध सञ्चालक सुदीप प्रसाई, उत्तरगंगा इन्भेस्टमेन्ट गु्रप प्रालि सुर्खेतका अध्यक्ष सुदर्शन श्रेष्ठ र शालिमार होम प्रालि वीरगन्जका सञ्चालक ई. हेमन्त बैद रहेको एफएनसीसीआईले जनाएको छ ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित शहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनुपर्नेमा जोड दिएका छन् । समितिले परिणाममुखी ढंगले काम गर्नेमा पनि आफू विश्वस्त रहेको उनको भनाई थियो ।

महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघईको उपस्थितिको रहेको कार्यक्रममा महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले शहरी विकासका लागि ठोस मास्टर प्लान नभएकाले त्यसतर्फ पनि काम गर्न समितिलाई सुझाव दिए । उनले यस क्षेत्रमा व्यावसायिक स्वास्थ्य र सुरक्षालाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिए । सभापति श्रेष्ठको अध्यक्षतामा भएको बैठकले वर्तमान कार्यकालमा कम्तीमा एउटा प्रदेशमा नमुना शहर बनाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता जनाएको एफएनसीसीआई जनाएको छ ।