जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा शर्मा निर्वाचित

  • प्रकाशित मिति : January 12, 2021
  • sajhamail.com

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको अध्यक्षमा दिलिप शर्मा निर्वाचित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनवाट शर्माको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको हो ।

संघको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा अमन पोटे, महिला उपाध्यक्षमा कमला अधिकारी, सचिवमा निरञ्जन विष्ट, कोषाध्यक्षमा राजन शाक्य निर्वाचित भएका छन् । यस्तै, सञ्चालक समितिको सदस्यमा ठाकुरनाथ अधिकारी, कमल कुईकेल, यदुनाथ हुमेगाई, सुदर्शन अधिकारी, अर्जुन सापकोटा, दिपक थापा, हिमाली श्रेष्ठ, राधिका घिमिरे, शान्ति लामा र मञ्जु घिमिरे निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष दिलिप शर्माले जानकारी दिए ।

यस्तै, संघको लेखा समितिमा शम्भुलाल श्रेष्ठ संयोजक तथा गणेश भट्टराई र सरस्वती चिमोरिया सदस्यमा निर्वाचित भएको शर्माले जानकारी दिए ।

संघको नयाँ सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएपछि शर्माले जिल्लाको समग्र सहकारी अभियानलाई सुदृढिकरण गर्दै सहकारी संस्था र सदस्यको आर्थिक समृद्धिमा संघको ध्यान केन्द्रित गर्ने बताएका छन् । ‘जिल्ला संघ सधै जिल्लाका सहकारी संघ, संस्था र सदस्यको दिगो विकास, सुदृढिकरण, आर्थिक, सामाजिक तथा सर्वाङगिण विकाका पक्षमा क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्दछु,’ अध्यक्ष शर्माले भने, ‘जिल्लामा सहकारी अभियानलाई थप मजवुत वनाउँदै लैजाने काममा नै हाम्रो ध्यान केन्द्रित हुनेछ ।’ उनले सहकारीको गुणात्मक विकास, सहकारीको मर्म, भावना र अन्तर्राष्ट्रिय मुल्य, मान्यताको अनुशरण गर्दै सहकारी अभियान अगाडि वनाउन संघको भूमिका रहने बताए ।