लायन्सको १०१ रक्तदान

  • प्रकाशित मिति : January 7, 2021
  • sajhamail.com

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीले सबै क्षेत्र अस्थव्यस्थ भैरहेको तथा आम नागरिकमा यसले पारेको प्रभावका कारण अस्पतालहरुमा रगतको अभाव भैरहेको पाईन्छ । रगत अभाव र रक्तदान जस्ता सामाजिक कार्यक्रमहरुको आयोजना कम भएको अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लव अफ काठमाडौं सुप्रणले रक्तदान कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । लायन्स क्लवसँग साझेदार वनेका छन् सर्वहित नेपाल र टिना ब्युटी पार्लर एण्ड टे्निङ सेन्टर ।

गत शनिबार काठमाडौंको बसन्तपुर डवलीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानीय नागरिकहरुले उल्लेख्य सहभागिता जनाएका थिए । उक्त दिन मात्र, एक सय एक सहभागिले १०१ पाउण्ड रक्तदान गरेका छन् । सामाजिक क्षेत्रमा क्रियाशील क्लवले उपत्यकाका विभिन्न अस्पतालहरुमा रगतको अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरी सहयोगी हातहरुलाई रक्तदानको लागि आब्हान गरेको कार्यक्रमकी संयोजक निरु श्रेष्ठले जानकारी दिईन ।

क्लवले विगतमा विभिन्न राहत कार्यक्रम तथा महिला, बालबालिका तथा बृद्धाश्रममा रहेका आमाहरुलाई न्यानो कपडा र खाना वितरण गर्दै आएको छ । लायन्स क्लवले नियमित रुपमा यस्ता कार्यक्रमहरुको आयोजना गरी सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको रक्तदान कार्यक्रममा सहभागि सामाजिक कार्यकर्ता बेखालाल मालाकारले जानकारी दिए ।