काभ्रेमा सहकारीको वित्तीय पहु“च विस्तार तीव

  • प्रकाशित मिति : January 6, 2021
  • sajhamail.com

काभ्रेपलाञ्चोक । देशको
राजधानी काठमाडौंको छिमेकी जिल्ला
काभ्रेपलाञ्चोकमा सहकारी अभियानको
सुरुवात भएको करिव ६० वर्ष पुग्दै गर्दा
जिल्लाको समग्र आर्थिक एवं वित्तीय
क्षेत्रमा सहकारी क्षेत्रको योगदान समेत
उल्लेख्य वृद्धि भएको छ । जिल्लामा
क्रियाशिल सहकारी संस्थाहरुले गरेको
बचत तथा ऋण, उत्पादनमुलक क्षेत्रको
लगानी, उद्यमशिलताको विकास र
सामाजिक, साँस्कृतिक क्षेत्रमा भइरहेको
प्रगतिले आर्थिक उपाजर्नका क्षेत्रमा
जिल्लामा सहकारीको भूमिका महत्वपूर्ण
हिस्साका रुपमा देखिएको हो ।
जिल्लाका सबैजसो स्थानीय तहमा
सहकारीले अहिले आफ्नो लगानी वृद्धि
गर्दै गइरहेको देखिएको छ । जसका
कारण आम नागरिकलाई वित्तीय
सेवा प्राप्त गर्न समेत सहज
भएको छ । सहकारीहरुले कृषि,
पशुपालन, व्यापार, उद्यमशिलता
क्षेत्रमा लगानी बढाउँदै त्यसको
अलवा रेमिट सेवा, बीमा तथा
अन्य स्वास्थ्य, शिक्षा र सूचना
तथा सञ्चारको क्षेत्रमा पनि सेवा
प्रवाह गर्दै गइरहेकाले ग्रामिण
एंव शहरी क्षेत्रका सर्वसाधारणमा
सहकारीको प्रभाव विस्तार हुँदै
गइरहेको हो ।
सहकारी जिल्ला संघ
काभ्रेपलाञ्चोले दिएको तथ्याङ्क अनुसार
२०२४ साल भदौ २६ गते सहकारी
विभागको दर्ता नं. २÷९÷२० (३४२)
२०२४ मा जिल्ला संघ दर्ता भएको
अभिलेख छ । जिल्लाको पहिलो सहकारी
संस्थाको रुपमा २०१७ साल असार १५
गते पाँचखालमा पाँचखाल बहुमुखी
सहकारी संस्था जिल्लाको पहिलो
सहकारी संस्थाको रुपमा स्थापना
भएको जिल्ला संघका सचिव दिलिप
शर्माको भनाई छ । उनका अनुसार
जिल्लामा २०५०÷५५ सालमा नै ८०
वटा दुग्ध सहकारीहरु दर्ता भएको
र ग्रामिण किसान तथा पशुपालक
किसानको आयस्तर वृद्धिमा सहकारीले
ठूलो सहयोग पुर्याएको देखिन्छ ।
यस्तै, ०६४ देखि ०६६ को अवधीमा
बचत तथा ऋण सहकारीहरुको संख्या
वढेको हो । जिल्लामा बहुमुखी सहकारी
संस्था नै पहिलो रहेको र सुरुवाती
समयमा बहुमुखी सहकारी स्थापना
भएका भएपनि ती पुराना संस्था
अहिले निष्कृय छन् । कृषि सामाग्री,
मलखाद, दैनिक उपभोग्य वस्तु, खरिद
विक्रि गनृ सीमित कारोवारका लागि
प्रारम्भ जिल्लाको सहकारी अभियान
अहिलेसम्म आईपुग्दा विषयगत
रुपमा वचत तथा ऋण, कृषि, दुग्ध,
बहुउद्देश्यीय,उपभोक्ता, तरकारी,
फलफुल, विद्युत, कफी, जडिबुटी,
सञ्चार, स्वास्थ्य लगायतका बिषयगत
सहकारीका रुपमा फैलिएको छ ।
जिल्लामा सहकारी कूल दर्ता
१४९५ पुगेको भएपनि जिल्ला संघमा
५३८ वटा आवद्ध भइसकेका छन् । ७
वटा विषयगत संघ रहेका छन् । दूग्ध
उत्पादक सहकारी संघ, बचत तथा
ऋण, तरकारी उत्पादक सहकारी संघ,
कृषि सहकारी संघ, कफी उत्पादक
सहकारी संघ, बहुउद्देश्यीय सहकारी
संघ र उपभोक्ता सहकारीहरु जिल्ला
संघमा आवद्ध छन् । जिल्ला सहकारी संघको तथ्याङ्क अनुसार काभ्रेमा
कूल दर्ता भएका १४९५ प्रारम्भिक सहकारी
संस्था मध्ये २०१ वटा दूग्ध, ५३७ वटा बचत
तथा ऋण, २० वटा तरकारी, ३५४ वटा
कृषि, १६ वटा कफी, १९३ वटा वहुउद्देश्यीय
र २८ वटा उपभोक्ता सहकारी छन् । यस्तै,
उर्जा १८, मौरी ४, स्वास्थ्य २, जडिवुटी ६,
र सञ्चार सहकारी एक वटा दर्ता भएको
देखिन्छ ।
यस्तै, स्थानीय तहको विवरण अनुसार
कूल दर्ता भएका सहकारी संस्था मध्ये ०७६
असारमसान्त सम्मको अवधीमा ५५० वटा
विषयगत सहकारी संस्था क्रियाशिल रहेको
संघका प्रमुख प्रवन्धक ज्ञानमणि न्यौपानेले
जानकारी दिए । उनका अनुसार सबैभन्दा
धेरै वचत तथा ऋण सहकारीहरु छन् ।
यो तथ्याङ्क अनुसार जिल्लामा वचत तथा
ऋणको कारेवार गर्ने २९०, बहुउद्देश्यीय
९३, दुग्ध २७, कृषि ११०, पर्यटन १, उर्जा
४, तरकारी १०, उपभोक्ता ४, कफी ६,
पशुपालन ३, जडिवुटी २ वटा सहकारी
संस्था क्रियाशिल रहेको स्थानीय तहको
तथ्याङ्क छ । स्थानीय तहको तथ्यानङ्क
अनुसार जिल्लामा एक हजार ७ सय ६९
महिला र ३ हजार १ सय ४२ पुरुष गरि
४ हजार ९ सय ११ जना सहकारीमा
सञ्चालक छन् । यस्तै, १ लाख ९२ हजार
६ सय ३९ महिला र १ लाख ९० हजार,
४ सय ९७ पुरुष गरि कूल ३ लाख ८३
हजार १ सय ३६ जना शेयर सदस्य रहेको
अवस्था छ ।
यस्तै, १ हजार ३ सय ९२ महिला र
८ सय ६४ पुरुष गरि २ हजार २ सय
५६ जना सहकारी संस्थामा कर्मचारीका
रुपमा कार्यरत रहेको पनि स्थानीय तहवाट
प्राप्त तथ्याङ्क अनुसार जिल्ला सहकारी
संघ काभ्रेपलाञ्चोकले जानकारी दिएको
छ । यस्ते, जिल्लाका १३ वटा स्थानीय तह
मध्यै सबै भन्दावढी सहकारी संस्था बनेपा
नगर पालिकामा रहेका छन् । बनेपामा
मात्र सक्रिय रुपमा २०४ वटा सहकारी
सञ्चालनमा रहेको तथ्याङ्कले देखाएको
छ । यस्तै, बनेपा पछि मण्डनदेउपुर
नगरपालिकामा ५७ वटा सहकारी संस्था
सक्रिय संचालनमा रहेका छन् । त्यसपछि
धुलिखेल नगरपालिकामा ४९ वटा,
पनौती नगरपालिकामा ४६ वटा, नमोबुद्ध
नगरपालिकामा ३३ वटा, रोशी गाउँपालिामा
३३ वटा सहकारी संस्था सक्रिय रुपमा
रहेको पाइएको छ ।
यस्तै, तेमाल गाउँपालिकामा
७ वटा, भुम्लु गाउँपालिकामा २५
वटा,पाँचखाल नगरपालिकामा २३ वटा,
बेथानचोक गाउँपालिकामा १७ वटा,
चौंरीदेउराली गाउँपालिकामा १३ वटा,
खानीखोला गाउँपालिकामा ११ र महाभारत
गाउँपालिकामा ११ वटा सहकारी संस्थाहरु
सक्रिय रुपमा सञ्चालनमा रहेको जिल्ला
संघले जानकारी दिएको छ ।
यस्तै, जिल्लामा क्रियाशिल
सहकारीहरुको गत असार मसान्तसम्मको
वित्तीय विवरण हेर्दा सहकारीहरुको कूल
शेयर रकम २ अर्ब ९१ करोड ६० लाख २
हजार ४३ रुपैयाँ पुगेको छ । यस्तै, बचत
रकम २१ अर्ब १३ करोड ३६ लाख ३८ हजार
५ रुपैयाँ पुगेको जिल्ला संघले जनाएको छ ।
यस्तै, जगेडाकोष एक अर्ब ७ करोड २०
लाख ३० हजार १८६ रुपैयाँ, अन्य कोषहरु
४५ करोड ५३ लाख ३३ हजार ६० रुपैयाँ,
ऋण १ अर्ब १८ करोड ७० लाख २५ हजार
७ सय १६ रुपैयाँ, भुक्तानी दिनुपर्ने हिसाव
५६ करोड ११ लाख ४९ हजार ७ सय ८६
अनुदान ५ करोड ३६ लाख ३ हजार ८ सय
४८ रुपैयाँ, कूल आम्दानी २ अर्ब ४७ करोड
६० लाख ३० हजार ३ सय ४६ रुपैयाँ रहेको
जिल्ला सहकारी संघले जानकारी दिएको
छ ।
यस्तै, अन्य दायीत्व ९ करोड ४६
लाख ९७ हजार ३३५, बैंक मौज्दात ३ अर्ब
७० करोड २६ लाख २० हजार २ सय ५३
रुपैयाँ, नगद मौज्दात ६४ करोड ३२ लाख
६१ हजार ८ सय ५ रुपैयाँ, ऋण लगानी
२१ अर्ब ३४ करोड ५३ लाख ४१ हजार
६६९ रुपैयाँ पुगेको संघका प्रमुख प्रवन्धक
न्यौपानेले जानकारी दिए । पछिल्लो समय
जिल्लामा सहकारी क्षेत्रको गुणात्मक विकास
समेत भइरहेको उनको भनाई छ ।