नेपाल सहकारी बैंक खुल्दै, तयारी अन्तिम चरणमा

  • प्रकाशित मिति : January 26, 2021
  • sajhamail.com

‘देशभरका सहकारी संस्थाको साझा बैंक हुनेछ’
–सुरेन्द्र भण्डारी, अध्यक्ष, नेपाल सहकारी बैंक गठन कार्यदल

‘यो लहैलहैमा खोल्न लागिएको बैंक हो’
–रामहरि बजगाईं, सञ्चालक, राष्ट्रिय सहकारी बैंक लि.

– किरण ढकाल

काठमाडौं । नेपालमा सहकारी अभियानको सुरुवात भएको ६ दशक वढी भईसकेको छ । यो अवधीसम्म आईपुग्दा नेपालमा करिव ३० हजार सहकारी संस्था स्थापना भईसकेका छन् । सहकारी अभियानको यो समयसम्म आईपुग्दा नेपालमा एउटा सहकारी बैंक स्थापना भईसकेको छ । करिव १२ हजार सहकारी सदस्य रहेको सहकारी बंैंकले सवै सहकारीलाई समेट्न नसकेको यथार्तविच फेरी अर्को सहकारी बैंक स्थापना हुँदैछ ।

नेपाल सहकारी बैंकको नामाकरण सहित नयाँ सहकारी बैंक स्थापनाको अन्तिम तयारी भईरहेको छ । नेपालको चर्चित सहकारी श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तथा बहुउद्देश्यीय सहकारी संघका केन्द्रिय अध्यक्ष समेत रहेका सुरेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ सहकारी बैंक स्थापनाका लागि आवश्यक तयारी लगभग पुरा भईसकेको छ ।

देशभरका सहकारी संस्थालाई समेट्नेगरि स्थापना हुँदै गरेको यो बैंकका लागि अहिले करिव ८ सय सहकारी संस्था आवद्ध भईसकेका छन् । सुरुवातमा २ अर्ब रुपैयाँ चुक्ता पुँजी सहित स्थापना हुन लागेको यो बैंकमा प्रारम्भमा नै एक हजार सहकारी संस्था सेयर सदस्य रहने वुझिएको छ ।

प्रचलित सहकारी ऐन, नियम र मापदण्ड भित्र रहेर स्थापनाको तयारी भईरहेको यो बैंकले देशभरका प्रारम्भिक सहकारी संस्थालाई कसरी समेटेर लैजाने हो भन्ने हेर्न वाँकी नै छ । यद्यपी, लालिगुराँस सहकारीलाई देशकै प्रतिष्ठित संस्था वनाउन दिलो ज्यान दिएर लागेका तथा सहकारीको विकास र प्रभावलाई नजिकवाट नियालेका एक सफल सहकारीकर्मीको रुपमा चिनिएका सुरेन्द्र भण्डारी आँफै बैंकको नेतृत्वमा रहने भएकाले धेरै सहकारीकर्मीले वहाल सहकारी बैंक भन्दा फरक र समृद्ध सहकारी बैंक वन्नेमा अवको बैंकलाई हेरेका छन् ।

लालिगुराँसलाई छोटो समयमा यो उचाईमा पु¥याउन सफल रहेकाले पनि भण्डारी नेतृत्वमा खुल्ने सहकारी बैंकप्रति धेरै सहकारी संस्था र सदस्यको विश्वास खिचिएको छ ।

अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त, मुल्य, मान्यता, सहकारीको धर्म र काम कर्तव्यलाई मुलुकका धेरै सहकारीले अनुशरण नगरेको कुरा समयसमयमा आईरहँदा तिनै सिद्धान्तभित्र रहेर बैंक स्थापना हुनुमा धेरै सहकारीकर्मी उत्साहित पनि देखिन्छन् ।

सहकारी बैंकको एकाधिकार तोड्दै अर्को बैंक स्थापना हँुदा सहकारी संस्था, सहकारीकर्मी, सदस्य र सिंगो सहकारी अभियानमा नयाँ ईटा थप्ने काम सुरुवात भएकोमा उनीहरुको सकारात्मक सवाल रहनु स्वभाविक नै हो । तर, समय, समयमा केही चर्चित राष्ट्रिय व्यत्तित्वसँग लेनदेनमा नाम जोडिएर आएको लालिगुँरास सहकारी र सोही संस्थाका सचिव भण्डारीलाई धेरैले विश्वास सहित क्षमता प्रदर्शनको नयाँ अभियान सुरुवात गरेको प्रतिक्रिया पनि दिएका छन् ।

जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष तथा वहाल सहकारी वैंकका सञ्चालक रामहरी वजगाईं भने अहिले नै नयाँ सहकारी वैंकको आवश्यक्ता देख्दैनन् । यो बैंक आवश्यकताका आधारमा नभएर व्यक्तिगत इगोका आधारमा तयारी हुँदै गरेको उनको प्रतिक्रिया छ । ‘अहिले भएका बैंक पनि मर्जरमा जाँदैछन्, यो लहैलहैमा खोल्न लागिएको बैंक हो,’ वजगाईं भन्छन्, ‘यसले कुनै नयाँ आवश्यकता लिएर होइन, इगोका आधारमा स्थापनाको तयारी गरेको हो ।’ उनले अहिले भईरहेको बैंकले नै ३५ करोडसम्म ऋण दिने अवस्था रहेको, कसैलाई कुनै राजनीतिक विचारका रुपमा पनि विभेद नगरेको बताए ।

तर, नेपाल सहकारी बैंक गठन कार्यदलका अध्यक्ष भण्डारीले भने आवश्यक्ता अनुसार नै यो बैंक सुरु गरिएको तर्क राखेका छन् । उनले सहकारीको आवश्यक्ता पुरा गर्न नयाँ बैंक आउन लागेको तर्क पेश गरेका छन् । प्रस्तावित नेपाल सहकारी बैंकको प्रारम्भिक भेला यही माघ १७ गते काठमाडौंमा हुन तय भैसकेको उनले जानकारी दिए ।