डा. रिजालको ‘यो कहरले…’ सार्वजनिक

  • प्रकाशित मिति : January 18, 2021
  • sajhamail.com

काठमाडौं । कोरोना महामारी (कोभिड–१९)ले विश्वलाई नै आक्रन्त वनाएका अवस्थामा थुप्रै सर्जकहरुले यसको पीडालाई विभिन्न माध्यमवाट व्यक्त गर्नेक्रम जारी रहेको छ । कोभिडका कारण विश्वभरका मानिसमा परेको आर्थिक, सामाजिक, भौतिक, शैक्षिक तथा मनोवैज्ञानिक त्रास र समस्यालाई सर्जकहरुले विभिन्न माध्यमवाट प्रस्तुत दिई रहेको अवस्थामा नेपालमा पनि डा. भोला रिजालको शब्दमा कोरोनासँग सम्वन्धित ‘यो कहरले …’ बोलको गीत सार्वजनिक भएको छ ।

नेपाली गीत, संगीत तथा साहित्यका क्षेत्रमा चर्चित रिजालद्वारा लेखिएको यो गीत हालै सार्वजनिक भएको हो । गीतमा कम्पोज अशोक कुमार राईको छ भने युवराज गुरुङको स्वर रहेको छ । एक्सन मिडिया मिडिया सहयोगी रहेको छ भने साउण्ड इनिजनियर दीप तुलाधर रहेको गायक तथा संगीतकार युवराज गुरुङले जानकारी दिए ।

कोरोना कहरका कारण आक्रन्त परेको विश्वमा त्यसको असरलाई समेट्दै विश्वभरका मानिसहरुको जीवनलाई सहज र शान्तिउन्मुख वनाउन यो गीतले सघाउ पुर्याउने पनि उनले विश्वास व्यक्त गरे । ‘गीत, संगीतको माध्यमवाट धेरै कुरा समाजमा सहज ढंगले पुग्ने भएकाले यो परिस्थितिलाई समेटेर डा. रिजालले गीत लेखेको र आफुले त्यसलाई स्वर दिन पाएकोमा खुसी व्यक्त गर्दछु,’ गुरुङले भने, ‘यो गीतले नेपाल लगायत विश्वका नागरिकमा सकारात्मक संदेश प्रवाह हुने छ ।’