मृत्युसैयाबाट सहयोगको अपिल

  • प्रकाशित मिति : January 17, 2021
  • sajhamail.com

काठमाडौं । खर्चको अभावमा उपचार हुन् कठिन भएपछि ५१ बर्षिय राजिब राज दलीले सहयोगका लागि अपिल गरेका छन्। सिराहा घर भइ हालः नया ठिमीमा बस्दै अाएका दली बिगत २ बर्ष देखि दुवै मृगौला फेल भई डाईलोसिस गराईरहेका थिए।

दैब पनि कमजोर माथि नै बज्रंछ भने जस्तै भयो दलीको जीबनमा पनि । मृगौला प्रत्यारोपणको लागि खर्चको अभाबमा छट्पटाई रहेका उनीमाथि अर्को बज्रपात आईलाग्यो। दुई हप्ता अघि डाईलोसिस गराउन के एम सी हस्पिटल जाने क्रममा उनलाई मोटर साइकलले ठक्कर दिई गम्भीर घाईते बनायो।

अहिले अर्धचेत अबस्थामा के एम सी अस्पतालको सर्जरी वार्ड ४१५ मा उनको अहिले उपचार भई रहेको छ। डाईलोसिस र मृगौला प्रत्यारोपण लागि नै आर्थिक अभाब भएर चन्दा संकलन गरिरेका उनीमाथि यो पिडा सहन र भोग्न झन् कठिन भएको छ। आर्थिक अभाबका कारण अत्यन्त नाजुक अबस्थामा रहेका दलीको उपचारको लागि सहयोग गर्न आफन्तहरुले अपिल गरेका छन्।

सहयोगका लागि सिधै बिरामीलाई भेटर तथा मोबाईल नम्बर ९८४१३४७३०९ मा सम्पर्क गरि बिरामीको बारेमा जानकारी लिन सकिने छ भनि परिवारजनले सबै सहयोगी हातहरु प्रति अपिल गरेका छन । उनलाइ सहयाेग दिलाउने अभियानमा लागेका बेखालाल मालाकारले समेत सबैसँग सहयाेगकाे अपिल गरेकाे बताए ।