पानसद्धारा सेवाघरलाई सहयोग

  • प्रकाशित मिति : January 7, 2021
  • sajhamail.com

‘खोसेर खानेको पेट कहिल्यै भरिदैंन तर
बाँडेर खानेको पेट कहिल्यै खाली हुँदैन ।’

पानस बचत तथा ऋण सहकारी सस्था बनेपाले संस्थाको १४औं वार्षिक उत्सवको अवसरमा सेवा घरको सेवामा सहजता प्रदान गर्ने उद्देश्यले अति आवश्यक सामग्रीहरु मानव समाज कल्याण काभ्रेलाई हस्तान्तरण गरेको छ । सेवाघरमा सम्पन्न संस्थाको बार्षिक उत्सवका अबसरमा आयोजित एक विषेश कार्यक्रममा सस्थाका अध्यक्ष सुशन राजबंशी, उपाध्यक्ष बिजेन्द्र पोटे, सदस्यहरु इश्वर महाजु, हरिगोपाल बैद्य, निरोज भक्त नकर्मी, राम पोटे, रेणु श्रेष्ठ, सरिता श्रेष्ठ, गिता पोटे, राज्यश्वरी कायस्थ, जनकलाल श्रेष्ठ, अमृत सेवाचार्य, श्याम सेवाचार्य र भगवान श्रेष्ठको उपस्थिति रहेको थियो ।

सेवामा सेवा घरलाई अत्यावश्यक सामग्रीहरु दाल, चिनी, जिरा, खुर्सानी, बेसार, भ्यास्लिन मलम, सिरक, तन्ना, सिरानी, खोल, नुन, बेसार, चियापत्ती आदि सप्रेम अर्पण गर्दै सेवामा अझै उर्जा प्रदान गर्ने उद्देश्यले राम पोटेले १ हजार ५ सय ५०, रेणु श्रेष्ठले १ हजार १ सय, निरोज भक्त नकर्मीले १ हजार ५ सय पाँच, श्याम सेवाचार्यले २ हजार पचास र रोशन मानन्धरले ६ सय समेत सहयोग गरेका थिए ।

सस्थाका पदाधिकारी र सदस्यहरुले सेवा घरको सेवाबाट अत्यन्त प्रभावित भएको र आगामी दिनहरुमा पनि सेवामा आफुबाट हुनसक्ने साथ, सहयोग, सहभागिता सदैव निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

मानवीय सेवालाई थप सहज अनि सरल बनाउने कार्यमा मानव कल्याण समाज (सेवा घर) लाई सहयोग पु¥याउने सेवा घरका शुभचिन्तक परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत सकारात्मक मनका धनि पानस बचत तथा ऋण सहकारी सस्था परिवारमा सुख, शान्ति, समृद्धिको शुभ–भावना व्यक्त गरेका छन् । नेपालीहरू मात्रको साथ, सहयोग अनि सहभागीता (मुठ्ठीदान) बाट संञ्चालित यस मानव कल्याण समाज (सेवाघर)को बारेमा थप जानकारी लागि साथ, सहयोग, सहभागीताका लागि यस केन्द्रको कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।