अंग्रेजी शिक्षा र यसको महत्व

  • प्रकाशित मिति : December 24, 2020
  • sajhamail.com

(भाषा माध्यम हो, अंग्रेजी भाषाको माध्यमबाट मानिसहरुले अवसर प्राप्त गर्न सक्छन् भने यसमा के गलत भयो त ?)

मैले मेरो बाल्यकाल सम्झँदा अनौठो लाग्छ । मैले अध्ययन गरेको ‘सरकारी’ विद्यालयमा अंग्रेजी बोल्ने वातावरण त परै जाओस् ए, बी, सी, डी पढ्न र लेख्न सिकाउने काम समेत चार कक्षामा पुगेपछि बल्ल शुरु हुन्थ्यो । म सम्झँदै छु कि हामी चार कक्षामा पुगेपछि एउटा अंग्रेजीको पाठ्यपुस्तक पढ्नुपथ्र्यो ।

पहिलो पाठको शीर्षक के थियो भन्ने त याद छैन तर पहिलो पाठको शुरुवात मिस्टर सिंह र बिधार्थीहरु बीचको संबाद –चित्र सहित) यस्तो थियो ‘गुड मर्निङ मिस्टर सिंह, गुड मर्निङ स्टुडेन्ट्स’ यो संवाद पढ्दा खेरि मलाई त्यो बेलामा अनौठो लागेको थियो । म सोच्थें, आफ्नो सरलाई पनि मिस्टर अनि थरबाट संबोधन गर्ने अंग्रेजी भाषा नेपाली भन्दा फरक रहेछ ।

अंगे्रजी विषय पढ्ने उत्साह

भलै म दुरदराजको सरकारी विद्यालय, जहाँ अंगे्रजी विषय समेत अंग्रेजी नपढेका शिक्षकले पढाउँथे, म भने अरु विषय भन्दा अंग्रेजी पढ्न बढी मन पराउँथे । ठूलो र सानो खालको ए, बी, सी, डी पढ्न र लेख्न जान्ने बन्नका लागि समेत महिनौ कोशिश गर्नुपथ्र्यो । यस सन्दर्भमा म भने अलि भाग्यमानी ठहरिए किनकी मैले घरमा नै ए, बी सी, डी जानी सकेको थिएँ । गणित, नेपाली जस्ता विषयमा कमजोर भएपनि अंग्रजीमा कक्षाकै प्रथम भएकाले विद्यलय मात्र होइन गाउँभरि नै प्रशंसा पाइन्थ्यो । व्यक्तगत रुपमा म सानैदेखि अंग्रेजी पढ्न र सिक्न उत्साहित भएँ ।

बदलिँदो विश्व परिवेशमा अंग्रेजी

हाल विश्वभरि नै अंग्रेजी द्रुत गतिमा सिकिने र बोलिने भाषाको रुपमा स्थापित छ । मातृभाषाको रुपमा अंग्रेजी बोल्ने मानिसहरुको संख्या भन्दा दोस्रो या तेस्रो भाषाको रुपमा अंग्रेजी बोल्ने मानिसहरुको संख्या बढी भइसकेको छ र ‘स्ट्याण्डर्ड’ रुपमा बोलिने अंग्रेजी भन्दा ठाउँ अनुसार भिन्न प्रकारको ‘नन्—स्ट्याण्डर्ड’ अंग्रेजी भाषिकाहरु बढी लोकप्रिय भएको कुरा कतिपय तथ्यले देखाउँछन् । त्यसैले अंग्रेजी एउटटै भाषा हो भन्ने स्थापित मान्यतालाई विभिन्न ठाउँहरुमा ‘भिन्न—भिन्न’ तवरले बोलिने अंग्रेजीले चुनौति दिएको अवस्था छ ।

अंग्रेजी भाषाको यस्तो बदलिँदो अवस्थाले दोस्रो या तेस्रो भाषाको रुपमा अंग्रेजी सिक्न चाहाने मानिसहरुलाई तुलनात्मक रुपमा सहज भएको छ किनभने उनीहरुलाई अंग्रेजी मातृभाषाको रुपमा बोल्ने ब्रिटिस या अमेरिकनहरुले जस्तैगरि बोल्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ अर्थात अब उप्रान्त उनीहरुले बिभिन्न ठाउँमा बोलिने अंग्रेजीहरुमध्ये कुनै एक भाषिकाको ‘वर्किङ्घ कम्पिटेन्स’ प्राप्त गरेपनि पुग्ने भएको छ । यस प्रकार वदलिदो विश्व परिवेशमा अंग्रेजी भाषालाई सबैलाई जोड्ने भाषा अर्थात विश्वभाषा को रुपमा हेर्न सकिन्छ ।

अंग्रेजीलाई विश्वभाषाको रुपमा स्थापित गर्नको लागि निम्न पक्षको भुमिका रहेको पाइन्छ । साम्राज्यसित जोडिएको इतिहास, आर्थिक पक्ष, प्रविधि र सुचना आदान प्रदान, अंग्रेजी भाषालाई द्रुत गतिमा फैलनको लागि महत्वपुर्ण भुमिका खेलेको पाइन्छ । अंग्रेजहरुले कब्जा जमाएका र शासन चलाएका देशहरुले स्वतन्त्रता प्राप्त गरिसके पछि पनि अंग्रेजी भाषाको भाषिक प्रभाव बाट भने मुक्त हुन सकेनन् ।

उदाहरणका रुपमा अमेरिका, जहाँ अंग्रेजी भाषा प्रमुख भाषाको रुपमा स्थापित भयो र मुख्य भाषाको रुपमा आफ्नो प्रभुत्व जमाइराख्न सफल छ । त्यसैगरि भारत लगायत देशहरुमा पनि स्वतन्त्रता प्राप्त भइसकेपछि अंग्रेजी भाषाको प्रभुत्व जमेर रहेको पाइन्छ जहाँ अंग्रेजी भाषा बोल्ने मानिसको संख्या उल्लेख्य छ । त्यसैगरि संयुक्त राज्य अमेरिका विश्व अर्थतन्त्रको पावर बने सगैँ अंग्रेजी भाषाको भाषिक फैलावट समेत द्रुत गतिले बढ्यो । संसारभरिका मानिसहरु आफ्नो व्यापार विस्तार र प्रचारका लागि अंग्रेजी भाषाको सहायता लिन बाध्य भए ।

अंग्रेजीको प्रयोग ब्यापार र राजनैतिक सामाथ्र्यको लागि मात्र नभई प्राविधिक ज्ञान र सुचनाको लागि समेत महत्वपुर्ण मानिन्छ । बिभिन्न अन्तराष्ट्रिय फोरमहरु, सेमिनार, गोष्ठि तथा महत्वपुर्ण शैक्षिक लेखहरुको माध्यम भाषा पनि प्रमुख रुपमा अंग्रेजी नै हो । त्यस्तै मिडिया, यात्रा र पर्यटन, विद्यालय र विश्व विद्यालय, औषधि विज्ञान, प्रविधि, इन्टरनेट आदि जस्ता महत्वपुर्ण क्षेत्रहरुमा अंग्रेजी भाषा नै प्रयोगमा छ । यसका अलावा अंग्रेजी भाषाको द्रुततर प्रचार र फैलावटको लागि यसको लोकप्रिय संस्कृति पनि उत्तिकै जिम्मेवार छ ।

लोकप्रिय संस्कृतिको निर्माण संगीत, चलचित्र, साहित्य, पर्व, ड्रेसअप, मेकअप आदिको सम्मिश्रणबाट भएको छ । आज अंग्रेजी भाषामा बनेका चलचित्र र गीतहरु विश्वभरि नै रुचाइन्छन् । अंग्रेजी साहित्य पनि उत्तिकै लोकप्रिय छ । यसप्रकार अंग्रेजी भाषासँग जोडिएका पक्षहरु लोकप्रिय संस्कृति, साहित्य, चलचित्र, विज्ञान र प्रविधि, सुचना र संचार, अर्थतन्त्र, राजनिति आदिका कारण आज अंग्रेजी भाषाको प्रयोग व्यापक भएको कुरा सर्व स्वीकार्य छ ।

ज्ञानको दायरा बढाउन र अवसरको लागि अंगे्रजी

कतिपय आलोचकहरु अंगे्रजी सिक्ने लहडमा हाम्रा विद्यार्थीहरुले न त अंग्रेजी नै जाने न आफ्नो भाषा राम्ररी सिक्न सके भन्छन् । म यस भनाईसँग सहमत हुँन सक्दिन, यसमा सत्यता छैन । अंग्रेजी भाषाको सिकाईले नेपालीमा अभिव्यक्त गर्न कठिनाई हुँदैन । हामीले आफ्नै समाजमा विभिन्न समुदायका मानिसहरुलाई देखेका छौं कि नेपाली दोसा्रे भाषाको रुपमा सिकेर पनि उनीहरुलाई आफ्नो मातृभाषामा अभिव्यक्त गर्ने कठिनाई छैन बरु यसले त झन सहयोग गरेको छ र उनीहरुको अभिव्यक्ति अझ सशक्त र परिपक्व भएको छ । बढी भन्दाबढी भाषा सिक्ने र जान्ने कुरा आफैमा एउटा सुन्दरता र प्रतिभाको विषय हो ।

महाकवि देवकोटाले अंगे्रजीमा अभिव्यक्त गर्दा वहाँको नेपाली कमजोर भएको थियो भन्न सकिन्छ र ? बरु हामीले जति धेरै भाषा सिक्न सक्छौं त्यतिनै धेरै राम्ररी अभिव्यक्त गर्न सक्छौं जस्तो लाग्छ । आज हाम्रो देशमा रोजगारीका प्रशस्त अवसरहरु छैनन् न त हामीसगँ हाम्रो आफ्नै प्रविधि नै छ । यस्तो अवस्थामा नयाँ पुस्ताको लागि त अंग्रेजी भाषा जान्नु अनिवार्य जस्तै भइसकेको छ । चाइना, जापान, रसिया, कोरिया जस्ता मुलुकहरुले आफ्नै प्रविधि विकास गरिसकेका छन् र उनीहरु आर्थिक रुपमा पनि आत्मनिर्भर छन्, त्यसैले ती राष्ट्रका मानिसहरुलाई अंगे्रजीको त्यत्ति महत्व र अनिवार्यता नहोला जति हामीलाई आज छ ।

हामीले देखे—सुनेकै विषय हो कि कतिपय हाम्रा दाजुभाई तथा दिदीबहिनीहरु अंग्रेजीमा अभिव्यक्त गर्न नजानेकै कारणले स्वदेश तथा विदेशमा रोजगारीका राम्रा अवसरहरुबाट वन्चित हुनु परेको मात्र नभई अफ्ठ्यारोमा समेत परेका छन् । भाषा माध्यम हो, अंग्रेजी भाषाको माध्यमबाट मानिसहरुले राम्रा अवसरहरु प्राप्त गर्न सक्छन् भने यसमा के गलत भयो त ?

त्यसैगरि नेपाल पनि विश्व व्यापार संगठन ९ध्त्इ० को सदस्य राष्ट्र भइसकेको अवस्थामा त हाम्रो लागि अंग्रेजी भाषाको अझ बढी आवश्यकता देखिन्छ किनकी अंग्रेजी मात्र यस्तो भाषा हो जुन अन्तराष्ट्रिय भाषा मात्र नभई भिन्न—भिन्न भाषा बोल्ने भिन्न—भिन्न समुदायका मानिसहरुलाई जोड्ने भाषा ९ीष्लप ीबलनगबनभ० समेत हो ।

जुनसुकै भाषिक समुदायका मानिसहरुले पनि अंग्रेजी भाषा जान्ने र बुझ्ने विषयले उनीहरुको सुचना र ज्ञानको दायरालाई फराक बनाईदिन्छ किनभने संसारका धेरै महत्वपुर्ण विषय र विधाहरु, जस्तो कि विज्ञान, साहित्य, दर्शन, कला आदिका बारेमा लेखिएका महत्वपुर्ण पुस्तकहरु प्नि अंग्रेजी भाषामा नै छापिएका छन् साथै अन्य भाषामा लेखिएका महत्वपुर्ण पुस्तकहरु प्नि अंग्रेजी भाषामा अनुवादित भएका छन् ।

अझ महत्वपुर्ण कुरा के छ भने धेरै भन्दा धेरै लेखक तथा साहित्यकारहरु अंग्रेजी भाषालाई नै आफ्नो लेखनीय माध्यम बनाउन चाहन्छन् किनकी अंग्रेजी आज एउटा महत्वपुर्ण अन्तराष्ट्रिय भाषा मात्र नभएर संसारका मानिसहरुलाई जोड्ने भाषा समेत भएकाले यसका पाठकहरु प्नि संसार भरिनै छरिएर रहेका छन् यद्वपी अंग्रेजी भन्दा चाइनिज, स्पेनिस मातृभाषाको रुपमा बोल्ने मानिसको संख्या बढी छ । अंग्रेजी भाषाको महत्व भविष्यमा अझ बढेर जाने कुरामा कुनै शंका गर्नुपर्ने देखिदैन । त्यसैले पनि आफ्ना सन्ततिहरुलाई अंग्रेजी शिक्षा दिलाउन धेरै अभिभावकहरु ललयित देखिन्छन ।

निष्कर्ष

आज कतिपय ‘प्राइभेट’ विद्यालयहरुमा नेपाली बोल्न समेत निषेध गरिएको छ भनिन्छ । यदि यस्तो भएको छ भने यो गलत कुरा हो । अंग्रेजी पढ्ने, लेख्ने, सुन्ने र बोल्ने सीपको विकास हाम्रा विद्यार्थाीहरुमा आवश्यक छ तर आफ्नै मातृभाषा र राष्ट्रभाषालाई अपमान गर्ने या बिर्षने हदमा होइन । कुनै भाषा सिक्नु या जान्नुको अर्थ त्यही भाषामा मात्र अभिव्यक्त गर्ने र आफ्नो सक्कलि भाषा र संस्कृतिलाई नै तिलान्जलि दिएर अर्कैको संस्कृतिमा समायोजन हुनु भन्ने होइन ।

विद्यालयको नाम, कलेजको नाम र हुदा—हुदा आफ्नो छोराछोरीको नाम समेत अंग्रेजी मै राख्न रुचाउने अनि जन्मदिन, नयाँवर्ष लगायत अंग्रेजी चाडबाडहरु अंग्रेजी शैली मै मनाउन खोज्नु बहुलठ्ठीपन मात्र हो । कतिपय मानिसले अंग्रेजीमा अभिव्यक्त गर्न नजान्ने विषयलाई लघुताभाषको रुपमा लिन्छन् । अंग्रेजी भाषामा अभिव्यक्त गर्न जान्नु राम्रो हो तर यसैलाई नै समाजमा घमण्डको विषय बनाउनु या विद्वान भए भनेर नाक फुलाउनु मुर्खता हो ।

हामीले आफ्नो पहिचान, राष्ट्रियता, संस्कृतिप्रति गर्व गर्नुपर्छ र हाम्रा भावी सन्तत्तिहरुलाई यो कुरा सिकाउने र हस्तान्तरण गर्ने गर्नुपर्छ । सहि मानेमा अंग्रेजी भाषाको भाषिक सीपहरु सिक्न प्रेरित गरौ, हाम्रा कर्णधारहरुको भविष्य उज्जल बनाउँ ।