सेयर पुँजी २ अर्ब २२ करोड, कर्जा २७ अर्ब १५ करोड

  • प्रकाशित मिति : December 19, 2020
  • sajhamail.com

काठमाडौं । सहकारी संघ संस्थाको वित्तीय आवश्यकतालाई पुरा गर्ने मुख्य उद्देश्य राखेर राष्ट्रिय सहकारी बैंक स्थापना भएको १७ औं बर्ष पुरा भएको छ । यो अवधीसम्म आई पुग्दा बैंकले वित्तीय तथा अन्य थुप्रै क्षेत्रमा आफुलाई अब्बल सावित गरिसहेको छ ।

बैंकले यस वर्ष आफ्नो १७ औं बार्षिक साधारणसभा भने कोभिड – १९ को प्रखोपका कारण जिल्लातहमा विद्युतीय माध्यमवाट बैठक सम्पन्न गरि इकाई प्रतिनिधि छनोट गर्ने र सोही प्रतिनिधि केन्द्रिय सभामा भाग लिने जनाएको छ । बैंकको स्थापनाको १७ बर्षमा आइपुग्दा सेयर पुँजी २ अर्ब २२ करोड ३८ लाख रुपैयाँ भन्दावढी पुगेको छ । यस्तै, ०७७ असार मसान्त सम्मको अवधीमा बैंकको कूल निक्षेप ४६ अर्ब ८८ करोड ३० लाख रुपैयाँ भन्दावढी पुगेको बैंकले जनाएको छ । आर्थिक बर्ष २०७६÷०७७ को वित्तीय विवरण अनुसार बैंकले २७ अर्ब १५ करोड रुपैयाँ भन्दावढी कर्जा लगानी गरेको छ भने सदस्य सहकारी संस्थाको संख्या १२ हजार ४६ पुगेको छ ।

बैंकले यो आर्थिक बर्षमा ३ अर्ब ५३ करोड ब्याज आम्दानी गरेको छ भने ब्याज खर्च २ अर्ब ४२ करोड रुपैयाँ रहेको जनाइएको छ । यस्तै, कर्मचारी तथा कार्यालय सञ्चालनमा ४२ करोड ४ लाख रुपैयाँ खर्च भएको छ । बैंकले यो आर्थिक बर्षमा खुद नाफा ६७ करोड ९० लाख रुपैयाँ आर्जन गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

आर्थिक बर्ष ०७७÷०७८ का लागि भने बैंकको प्रस्तावित बजेट ६५ अर्ब ४९ करोड १३ लाख रुपैयाँ छ । यो आवमा बैंकले वित्तीय क्षेत्रको पुँजी तथा लगानी वृद्धि गर्ने र सो वजेट प्रस्ताव गरेको हो । यस अवधीमा सेयर पुँजी २ अर्ब ५० करोड, निक्षेप ६० अर्बमाथि पुर्याउने प्रस्ताव गरेको छ ।

बैंकले सदस्यको आवश्यकता अनुसार सर्वसुलभ र स्तरिय सेवा मार्फत सहकारी अभियानको दिगो विकासका लागि क्रियाशिल रहँदै सदस्यलाई तालिम, शिक्षा, परामर्श जस्ता सेवा सेमत उपलब्ध गराईरहेको अध्यक्ष उप्रेतीले जानकारी दिए । सदस्यलाई परमर्शका लागि कल सेन्टरको स्थापनालाई अगाडि बढाएको र नियम कानुर नीति तथा कार्यक्रम सहकारी मैत्री वनाउन आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उप्रतीले जनाए ।

बैंकले विगत ३ बर्षमा लगातार सम्मानित हुँदै आएको र आर्थिक बर्ष ०७६÷०७७ मा पनि ४८ करोड २० लाख रुपैयाँ भन्दावढी कर राज्यलाई तिरेको जनाएको छ । बैंकले अहिले देशभर ४४ वटा शाखा कार्यलय मार्फत सेवा प्रदान गर्दै आएकोमा थप ८४ वटा शाखाका लागि सहकारी विभागवाट सहमति प्राप्त गरेको छ । यस्तै, २४ स्थानमा शाखा खोल्न नेपाल राष्ट्र बैंकवाट पनि स्वीकृति प्राप्त भइसकेको जनाइएको छ । उपत्यका भित्र ११ र उपत्यका वाहिर १३ शाखा खोल्ने प्रक्रिया छिटै पुरा हुने पनि बैंकका अध्यक्ष उपैतीले जनाए । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ११ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग समेत गरेको छ ।

यस्तो छ प्रदेशगत वित्तीय परिचालनको अवस्था

मुलुकको संघीय संरचना अनुसार बैंकको वित्तीय परिचालनको अवस्थालाई हेर्दा प्रादेशिक रुपमा पनि ठूलो प्रगती गरेको पाइएको छ । सहकारी बैंकको आव ०७६÷०७७ सम्म प्रदेश एकमा ४ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ भन्दावढी निक्षेप, कर्जा लगानी ३ अर्ब ३३ करोड ५२ करोड, सेयर पुँजी ३३ करोड, सेयर स.ख्या एक हजार ९ सय २० रहेको जनाइएको छ । यस्तै, प्रदेश २ मा २ अर्ब १९ करोड ५३ लाख निक्षेप, २ अर्ब ५ करोड कर्जा लगानी, १० करोड ७९ लाख सेयर पुँजी र सेयर सदस्य संख्या एक हजार ६ सय ८१ पुगेको छ ।

बागमती प्रदेशमा बैंकको सबै भन्दावढी २९ अर्ब ७० करोड ९७ लाख निक्षेप, १७ अर्ब ३० करोड ९८ लाख कर्जा लगानी, एक अर्ब ८ करोड ३० लाख सेयर पुँजी र ५ हजार एक सय ७४ सदस्य संस्था रहेको जानकारी दिइएको छ । यस्तै, बैंकले गण्डकी प्रदेशमा ५ अर्व ५९ करोड २४ लाख निक्षेप, १ अर्ब ९२ करोड ८३ लाख कर्जा लगानी, ३० करोड ८० लाख सेयर पुँजी र एक हजार एक सय ६० सदस्य संस्था रहेको वित्तीय अवस्थाको जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशमा ३ अर्ब ९ करोड ६९ लाख निक्षेप, १ अर्ब १५ करोड १० लाख कर्जा लगानी, ३१ करोड २७ लाख सेयर पुँजी र एक हजार २ सय ९२ सेयर सदस्य रहेको जनाएको छ । कर्णाली प्रदेशमा ७६ करोड ३६ लाख निक्षेप, ८६ करोड ९० लाख कर्जा लगानी, ५ करोड ३९ लाख सेयर पुँजी र ५ सय ४७ सेयर सदस्य रहेको छ भने बैंकको सुदूरपश्चिम प्रदेशमा निक्षेप ५२ करोड ९३ लाख, कर्जा लगानी ५० करोड २८ लाख, सेयर पुँजी २ करोड ८० लाख रुपैयाँ र सेयर सदस्य २ सय ७२ रहेको जनाईएको छ ।

क्षेत्रगत कर्जा लगानीको अवस्था

यस्तै, बैंकले कर्जा लगानी गरेको क्षेत्रगत अवस्थालाई हेर्दा किस्तावन्दी कर्जा अन्र्तगत ११ अर्ब ५३ करोड ३७ लाख रुपैयाँ भन्दावढी लगानी रहेको छ भने तरलता व्यवस्थापन कर्जा अन्र्तगत ८ करोड ५६ लाख रुपैयाँ, मुद्धती रसिद धितो कर्जा ८७ करोड ४ लाख, युवा स्वरोजगार कर्जा २५ लाख ३ हजार, लघुवित्त कर्जा ५ अर्ब ३० करोड ५८ लाख रुपैयाँ भन्दावढी, हयरपर्चेज कर्जा अन्र्तगत २ करोड १२ लाख, परियोजना कर्जा अन्र्तगत ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

कृषि तथा कृषि परियोजना कर्जा ७ करोड ३५ लाख, घर घडेरी तथा भवन निमार्ण कर्जा अन्र्तगत ८० करोड ४१ लाख रुपैयाँ, दिगो सहकारी कर्जा ४ अर्ब ४ करोड ६७ लाख, आपतकालिन तरलता व्यवस्थापन कर्जा २ करोड ८ लाख, चालू पुँजी कर्जा ४ अर्ब २८ करोड १९ लाख र कोभिड चालू पुँजी कर्जा अन्र्तगत १० करोड २६ लाख रुपैयाँ क्षेत्रगत कर्जा लगानी भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।