‘उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने संस्थालाई कम ब्याजमा कर्जा दिन्छौ’

  • प्रकाशित मिति : December 19, 2020
  • sajhamail.com

राष्ट्रिय सहकारी बैंकको १७ बर्षको यात्रा कस्तो रहयो ?

राष्ट्रिय सहकरी बैंक समग्र सहकारी संस्थाहरुको वित्तीय क्षेत्रसँग सम्बन्धित हो । लकडाउनको समयमा दुई महिना हामीले ब्याजदरमा दुई प्रतिशत छुट दिने काम गर्यौं । त्यस पछि हर्जना नलाग्ने गरि व्यवस्थापन गरेका छौं । कोरोना महामारीको समयमा सदस्यहरुलाई विभिन्न किसिमले राहतका कार्यक्रमहरु सञ्चालन गर्यौं । सातै प्रदेशमा बैंकको सञ्चालक समितिका संयोजकहरुको नेतृत्वमा राहत प्याकेजका कार्यक्रमहरु सञ्चालन भएका छन् । सहकारीका सदस्यहरुका लागि पिसिआर परीक्षण लगायतका कार्यमा सहयोग पुर्याएका छौं । आवश्यक मूल्यांकन र राहतका कार्यक्रमहरु बैंकले सकेजति किसिमले व्यवस्थापन गरेका छौं र सबैलाई राहत महशुस हुने गरी कार्य गरेका छौं ।

बैंककले सुरु गरेका र भावी योजना के छन ?

आमरुपले कोभिडको प्रभाव परेपछि सहकारीमा समेत परेको छ । सहकारीका ८० प्रतिशतमा कोभिडको असर परेको छ । व्यवसाय, उद्योग, कर्मचारीहरुलाई परेको प्रभावले यो क्षेत्र समेत समस्यामा परेको छ । बैंक कै करिव सय जना कर्मचारीलाई कोरोना पोजेटिभले प्रत्यक्ष प्रभाव पारेको अवस्था रह्यो ।

तर, हाम्रो वित्तीय सूचकांकमा खासै असर परेको छैन । हामी पन्द्र प्रतिशत लाभांसको प्रस्ताव साधारणसभामा लैजादैछौँ । कर्जा, निक्षेप, लाभांस, सदस्यसंख्या सवै हाम्रो लक्षभन्दा माथी नै छ । अबको अवस्था कस्तो रहन्छ त्यसको लेखाजोखा गर्न बाँकी नै छ । प्रदेश स्तरका साधारणसभाहरु जुमको प्रविधिबाट सम्पन्न गरिसकेका छौं । छानिएका प्रतिनिधिहरुको अन्तिम ३ गते सभाको अन्तिम कार्यक्रम सम्पन्न हुनेछ ।

बैंकको वित्तीय तथा संरचना विस्तारको अवस्था कस्तो छ ?

हकारी संघसंस्थाले आफै उत्पादनसँग जोडेर उत्पादन, प्रशोधन, बजारिकरणका क्षेत्रमा कार्यक्रम गर्ने भएमा हामीले सबैभन्दा कम व्याजदरमा कर्जा उपलब्ध गराएर सहजिकरण गर्ने काम गर्नेछौं । लगानीका आधारमा उत्पादनलाई जोड दिने हो भने रोजगारी र आर्थिक समृद्धिसँग जोडिने छ । वित्तीय सहयोग व्यवस्थापन गर्ने काम हामी गर्दछौं । ६० अर्व भन्दाबढी हाम्रो व्यालेन्ससिट छ । यसलाई ठीकढंगले मेची महाकालीसम्म अघि बढाउँछौं । पहिला हाम्रा ४४ शाखा थिए, अहिले २४ वटा शाखा स्वीकृति पाएका छौं । पौष सम्ममा सबै शाखाहरुको काम शुचारु हुने छन् ।

बचत तथा ऋणले उत्पादन, प्रशोधन, बजारिकरण, रोजगारीमुलकमा लगानी गर्नु पर्यो । गैर बचत तथा ऋणले आफैं संम्लग्न भएर उत्पादन र रोजगारीमुलक काममा लगानी गर्नु पर्दछ । सबै किसिमका सहकारीहरुले सहकारी बैंकको सदस्य बनेर कारोवारमा संलग्न हुनु पर्दछ र जीडीपीसंग योगदान हुने कुरामा सम्लग्न हुनु परो भन्ने मेरो अनुरोध छ ।

बैंकले सदस्य संस्थालाई लगानी गर्दा देखेको जोखिम के हो ?

सहकारी संघसंस्थाहरुले लघुवित्त कार्यक्रमहरु सञ्चालन गरेका छन । लघुवित्तलाई कस्ट बढी पर्दछ । तेस्तासंस्थालाई विनाधितो लगानी गर्ने गरेका छौं । राष्ट्र बैंकसंगको समन्वयमा समेत लघुवित्तलाई अहिले कै १५ प्रतिशत ब्याजदर छ । सेवाशुल्क लिने कुरामा पनि केही थप गर्ने र कर्जा लगानी गर्नेमा समेत केहीबढी ब्याज दिन सक्ने वातावरण निर्माण भएमा मात्र उनीहरुले काम गर्न सक्छन भन्ने हाम्रो धारणा छ । लघुवित्तलाई व्यवस्थित र वैज्ञानिक ढंगले सञ्चालन गर्न हाम्रो उपसमिति मार्फत कार्य गरिरहेका छौं । कुनै पनि सहकारीले कृषि, उद्योग र उत्पादनसँग सम्बन्धित भएर परियोजना सञ्चालन गर्न चाहनुहुन्छ भने हामी ७० प्रतिशतसम्म लगानी गर्छौं ।