सूचना तथा सञ्चारका संरक्षक मकरध्वज गुरुङको निधन

  • प्रकाशित मिति : December 29, 2020
  • sajhamail.com

काठमाडौं । सूचना तथा सञ्चार सहकारी संस्था लि.का संरक्षक, शैक्षिक अभियन्ता, राजनीतिक विचारक, समाजसेवी निष्ठाका नायक मकरध्वज गुरुङको ७४ बर्षको उमेरमा यही पौष ७ गते काठमाडौंमा निधन भएको छ ।

तेह्रथुम जिल्लाको जिरिखिम्ती–१ मा २००३ सालमा जन्मिएका गुरुङ विद्यार्थीकालदेखि नै कम्युनिष्ट विचारबाट प्रेरित थिए । लामो समय तेह्रथुम कै सिंहबाहिनी माध्यमिक विद्यालयमा शिक्षण पेशामा सम्लग्न उनी नेपाली कम्युनिष्ट आन्दोलनमा कुशल संगठकका रुपमा चिनिन्छन् ।

शिक्षा क्षेत्रलाई व्यवस्थित, वैज्ञानिक र समय सापेक्ष परिस्कृत गर्दै लैजानु पर्छ भन्ने अभियानमा लागेका गुरुङ पछिल्लो समय काठमाडौंमा रहँदै आएका थिए । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय उनी नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका केन्द्रीय सल्लाहकार थिए । गुरुङका एक श्रीमती दुई छोरा, तीन छोरी रहेका छन् ।

सूचना तथा सञ्चार सहकारी संस्था, आइसिसी साझा साप्ताहिक तथा साझामेल अनलाईन सञ्चालक समितिको संयुक्त बैठकले संस्थाका संरक्षक गुरुङको निधनप्रति गहिरो शोक ब्यक्त गर्दै भावपूर्ण समवेदना पारित गरेको अध्यक्ष तीलकबहादुर मगरले जानकारी दिए ।