एनआरएनमा पीबी भट्टराइकाे उम्मेद्वारी किन ?

  • प्रकाशित मिति : December 29, 2020
  • sajhamail.com

आगामी २०२१ काे मध्यमा सम्पन्न हुने एनआरएन मेरिल्याण्ड शाखाकाे निर्वाचनमा महासचिव पदकाे लागि पीबी भट्टराइले उम्मेद्वारी घाेषणा गरेका छन । भट्टराइले अाफ्ना भावि रणनीति, याेजना र प्रतिबद्धता सहित उम्मेद्वारी घाेषणा गरेका हुन ।

उनले कम्मर कस्दै १८ वटा प्रतिबद्धता समेत जाहेर गरेका छन् । उनले एनआरएनए मेरिल्यान्ड च्याप्टरमा आगामी कार्यकालको लागी चुनाबी सरगर्मी बढिरहेको भन्दै एनआरए संग प्रतिबद्ध साथीहरु छिटो सदस्य बनौ र उमेदबारी घोषणा गरौ भनि आग्रह समेत गरेका छन ।

आफूले महासचिब मा उमेदबारी दिने सार्बजनिक घोषणा गरेको छु भन्दै सबैको सहयोग, सदभाब र सहकार्यको लागी हार्दिक अपिल गर्दछु भनि सामाजिक संजालमा प्रतिबद्धता सार्वजनिक गरेका छन । उनले गैर आवासीय नेपाली संघलाई राजनैतिक गुट मुक्त बनाईने र सबै नेपाली अट्न सक्ने सम्मानजनक बनाईने समेत प्रतिबद्धता गरेका छन ।

निर्बाचित भएको ३ महिना भित्र कुनै एउटा पनि काम गर्न नसके नैतिकताको आधारमा कुनै बेला पनि स्बेच्छाले राजीनामा दिई मार्ग प्रशस्त गर्नेछु, पदमा टॉसिएर बस्ने छैन, यो नै मेरो सपथ हुनेछ भनेका छन् ।

भट्टराइकाे प्रतिबद्धता :

NRNA चुनाबमा आदरणीय मतदाताहरुमा हार्दिक अपिल तथा नमस्कार  !

भावी NRNA राजनैतिक गुट मुक्त बनाईने,सबै नेपाली अट्न सक्ने सम्मानजनक बनाईने, पैसा बॉड्नेहरुको पैसा पचाई दिनुस तर भोट सही र कर्मठ उमेदबारलाई दिनुहोस ।

यसको लागि निम्न मुल नाराका साथ हुन गै रहेको NRNA मेरिल्यान्ड च्याप्टरमा आगामी कार्यकालको लागी चुनाबी सरगर्मी बढिरहेछ । एनआर एन संग प्रतिबद्ध साथीहरु छिटो सदस्य बनौ र उमेदबारी घोषणा गरौ । मैले त महासचिबमा उमेदबारी दिने सार्बजनिक घोषणा गरेको छु । सबैको सहयोग, सदभाब र सहकार्यको लागी हार्दिक अपिल गर्दछु ।

“झिल्को सानो हुन्छ तर परिणाम चमत्कारिक हुन्छ, हामी गफमा हैन काममा बिस्बास गर्छौ, अबसर दिनुस, फल चखाउन कठोर मेहनत गर्नेछौ ।”

आगामी कार्यकालका लागी मेरा चुनाबका रणनीतिहरु:-

१) मेरिल्यान्ड भित्र रहेका सम्पूर्ण नेपाली जनहरु लाई नि सुल्क NRN सदस्यता बितरण गर्ने,

२) आपत बिपत को लागी Revolving fund स्थापना गर्ने,

३) NRN को गुमेको साख पुन: जागरण गर्न पहल गर्ने,

४) गुट फुट र बिभाजित संगठन लाई सबैलाई समेटने गरी प्रतिनिधित्व गराउन पहल गर्ने,

५) प्रत्यक्ष निर्बाचन प्रणाली द्दारा उमेदबार छनौट प्रकृया लाई लागु गराउन प्रयास गर्ने,

६) बैचारिक , सामाजिक र आर्थिक आधारमा कसैलाई भेदभाब भए निरुत्साहित गर्न पहल गर्ने,

७) NRNA का सबै सदस्यहरु बीच एकता र भाईचारा को सम्बन्ध बिकास गराउन पहल गर्ने,

८) मेरिल्यान्ड राज्यमा NRNA मार्फत राज्य सरकार र स्थानिय सरकार संग सम्बन्ध बिस्तारको पहल गर्ने, बिबिध कार्यक्रम मा संलग्नता बढाउन पहल गर्ने,

९) रचनात्मक कामहरु गरिने,जस्तै : रक्तदान, स्बयंसेबक, सुचना संस्लेषण, बितरण र जागरण गर्न पहल गर्ने,

१०) खादा माला अबिर जात्रा र भोजभतेर कमी ल्याउने, कार्यक्रमहरु सरल बनाउन पहल गर्ने,

११) अन्य आबस्यकता अनुसार काम गरिने,

१२) केबल पद र कुर्सीको लागि घम्साघम्सी नगरी रचनात्मक र सृजनात्मक कार्यलाई प्रोत्साहन दिईने,

१३) Annual calendar निर्माण गरी योजनाबद्द रुपमा सामाजिक र जनप्रिय कार्यहरु लाई सबिस्तार अघि बढाईने छ,

१४) NRNA लाई राजनीति मुक्त बनाईने छ, NRNA आबद्द पदाधिकारी हरु कुनै पनि दल गुट र अनैतिक चरित्रबाट टाढा रहनु पर्नेछ यसलाई कानुनत: प्रबन्ध गर्न पहल गरिने छ /

१५) NRN लाई umbrella organisation को रुपमा बिकास गरिनेछ, अन्य संघ संस्थाहरु एन आर एन संग समन्बय गरी अघि बढने गरी कानुन तर्जुमा को पहल को लागि केन्द्रमा खॉका सहित सिफारिस गरिने छ /

१६) NRNA हरुको लागि बिगत बर्षौ देखि माग भै आएको दोहोरो नागरिकता र मातृभूमिमा लगानीमा क्षेत्रहरुमा संभाब्यता अध्ययन गर्न पहल गरिने र लगानीका अबसरहरु लाई प्रोत्साहित गरिने छ /

१७) बाणिज्य दुत र राजदुताबास संग समन्बय र सहकार्य गर्दै नेपाल अमेरिका बीच सहयोग र ब्यापार बिषयमा द्दिपक्षीय छलफल र ठोस पहल गर्न केन्द्र मार्फत प्रयास गरिनेछ /

१८) एन आर एन हरुको लागि सम्मानजनक रुपमा गर्बलायक बनाउन पहल गरिने छ /
अन्य थप हुने..

नोट:- निर्बाचित भएको ३ महिना भित्र कुनै एउटा पनि काम गर्न नसके नैतिकताको आधारमा कुनै बेला पनि स्बेच्छाले राजीनामा दिई मार्ग प्रशस्त गर्नेछु/ पदमा टॉसिएर बस्ने छैन, यो नै मेरो सपथ हुनेछ /

पी बी भट्टराई
महासचिवको उमेदबार
NRNA Maryland chapter
अमेरिका,