हिपप ‘नशा’ सार्वजनिक

  • प्रकाशित मिति : December 13, 2020
  • sajhamail.com

काठमाडौँ । पछिल्लो समय हिपप तर्फ युवाको आकर्षण बढिरहेको छ । नयाँ नयाँ अनुहारहरुको आगमनले झनै यो फिल्ड लाई रोमाञ्चक बनाईरहेको छ । सोहि क्रममा पछिल्लो समयका आशालाग्दा ¥यापर जेनिथ आचार्यको नयाँ गीत सार्वजनिक भएको छ ।

‘नशा’ नाम राखिएको उक्त गीतलाई पछिल्लो समय निर्देशनमा जमिरहेका निर्देशक भोला तिमल्सिनाले निर्देशन गरेका हुन् । गायकको आफ्नै अफिसियल युटुब मार्फत सार्वजनिक गीतले पछिल्लो युबा पुस्ताको लोकप्रिय क्लब ट्रेन्डलाई उठान गरिएको छ ।

जेनिथ आचार्य र जेन्टल सबिनको ¥याप समाबेस गरिएको उक्त गीतमा मनिष शाहीले कोरस भोकल दिएका छन् । डिजे एएनको म्युजिक एरेन्ज रहेको उक्त गीतको भिडियोलाई आकर्षक ढंगले अनिल कटुवालले खिचेका हुन् । भोला तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियोलाई अरुण कटुवालले सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा जेन्टल सबिन, लक्ष्मी राना, पैसा घिमिरे, मैथली नायक भारत शाह र जेनिथ आचार्यको अभिनय रहेको । गीतको आकर्षक भिडियोले हेरुञ्जेल दर्शकको ध्यान खिच्ने बिस्वास ¥यापर आचार्यको रहेको छ । विशुद्ध मनोरन्जनका लागि निर्माण गरिएको अडियो तथा भिडियोको बिषयमा नकारात्मक धारणा नवनाउन निर्देशक तिमल्सिनाले सम्पूर्ण दर्शक तथा श्रोताहरुलाई आग्रह गरेका छन् ।