संवैधानिक परिषदसम्वन्धी अध्यादेश जारी गरेपछि देउवा रुष्ट

  • प्रकाशित मिति : December 15, 2020
  • sajhamail.com

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्वन्धी अध्यादेश जारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा नजाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आव्हान गरेको परिषद बैठकमा देउवा नजाने भएका हुन् ।

अध्यादेश ल्याउनु अलोकतान्त्रिक क्रियाकलाप भएको भन्दै प्रमुख प्रतिपक्षी दलकांग्रेसले यसलाई षड्यन्त्रका रूपमा लिएको छ ।

कांग्रेसले आज बैठक बस्‍नु अगाडि पनि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई अध्यादेश ल्याएको खण्डमा परिषद्को बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।