नारायणकाजीको विरुद्ध अनावश्यक प्रचार गरियो : प्रचण्ड

  • प्रकाशित मिति : December 13, 2020
  • sajhamail.com

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार गरिएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले कमानसिं लामा र हाइड्रोपावरको विवादमा प्रबक्ता श्रेष्ठविरुद्ध अफवाह फैलाइएको बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरेका छन् ।