नेकपा स्थायी कमिटी बैठक आज : ओली पनि उपस्थित हुने

  • प्रकाशित मिति : December 13, 2020
  • sajhamail.com

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको छैठौं बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजेका पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिएका छन् । मंसिर २१ गतेको वैठकमा भने उनी उपस्थिति थिएनन् ।

उनले पत्र लेखेर आफू नआउनाको कारण खुलाएका थिए । ‘उहाँले बैठकमा उपस्थित हुँदिन, जान्नँ भनेर कहिल्यै भन्नु भएको छैन । आजको बैठकमा प्रधानमन्त्री उपस्थित हुनुहुन्छ’ स्थायी कमिटी सदस्य तथा पार्टी संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने ।

त्यस्तै स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पनि प्रधानमन्त्री उपस्थित हुने जानकारी पाएको बताएका छन् । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा आउने सूचना पाएका छौं । यसबीचमा भएका प्रगतिबारे भने मलाई खासै जानकारी छैन’ उनले भने ।