कलंकीमा भयानक दुर्घटना : ट्रक घरभित्र छिर्यो, एक जनाको मृत्यु

  • प्रकाशित मिति : December 12, 2020
  • sajhamail.com

काठमाडौं-कलंकीस्थित कालिका पम्प नजिकै ब्रेक फेल हुँदा ट्रक ठोक्किँदै घरभित्र छिर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

थानकोटबाट कलंकी आउँदै गरेको मालबाहक ट्रक दुर्घटना भएको हो । प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक ब्रेक फेला हुँदा घरभित्र छिरेको प्रहरीले जनाएको छ ।

ट्रकमुनि परेका मान्छेको घटनास्थलमै मृत्यु भएको छ । अन्दाजी २०/२५ वर्ष उमेरका पुरुष रहेका छन् । मृतकको पहिचान खुलेको छैन् ।

यस्तै ट्रकको ठक्करबाट ६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको बयोधा र सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै ट्रकले अन्य ७ वटा सवारी साधनलाई क्षति पुर्याएको छ ।