राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन

  • प्रकाशित मिति : December 11, 2020
  • sajhamail.com

काठमाडौं-राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

शुक्रबार समाजले काठमाडौंको शान्तिवाटीमा राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

राजतन्त्र पुनर्वहाली गर्न, ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्राउन, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन प्रदर्शन गरिएको समाजले जनाएको छ ।

नेपालका राजनीतिक दलका कारण मुलुक धरासयी हुदै गएको र भ्रष्टाचार बढ्दै गएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

पछिल्लो समय राजावादीहरुले देशभरि नै प्रदर्शन गर्दै आएका छन् ।