२९ गते सरकारकाविरुद्ध सडकमा उत्रन कांग्रेसकाे आह्वान

  • प्रकाशित मिति : December 10, 2020
  • sajhamail.com

काठमाडौं-नेपाली कांग्रेसले मंसिर २९ गते देशभरका ७७ वटै जिल्लामा सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सडकमा आउन अपिल गरेको छ ।

मंसिर २९ गते सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल गर्न बिहिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी बैठकले प्रदर्शनलाई सफल बनाउन अपिल गरेको हो ।

बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनमा सरकारलाई दबाब दिन चाहाने आफ्ना सम्पूर्ण शुभचिन्तक,नेता कार्यकतालाई सडकमा आउन अपिल गर्ने निर्णय गरिएको जानकारी दिए । कोरोना महामारीमा पनि सरकार सत्ताको द्वन्द्वमा नै कन्द्रित रहेको र वर्तमान सरकार गठन भएपछि झनै भ्रष्टाचार बढ्दै गएको भन्दै उनले सरकारकाविरुद्ध सडकमा उत्रन आह्वान गरे ।