पार्टीको आन्तरिक विवाद समाधानको प्रयास स्वरुप दुई अध्यक्षबीच बुधबार दिउँसो भेटवार्ता

  • प्रकाशित मिति : December 9, 2020
  • sajhamail.com

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार दिउँसो भेटवार्ता भएको छ । पार्टीको आन्तरिक विवाद समाधानका निम्ति छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीलाई भेटन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो बालुवाटार पुगेका थिए ।

सरकारी निवास बालुवाटारमा भएको करिब एक घण्टा लामो छलफलमा आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञले जानकारी दिएका छन् । गत आइतबार २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत प्रस्तावहरु बारे स्थायी कमिटीका सदस्यहरुले अध्ययन गरिरहेका बेला दुई अध्यक्षबीच पार्टिविबादलाई समाधान उपाए के हुनसक्छ भन्ने विषयमा केन्द्रित हुँदै भेटवार्ता भएको हो ।

दुई अध्यक्षबीच विवाद सल्टाउने विषयमा गम्भीर छलफल भए पनि ठोस निस्कर्षमा भने पुगिनसकेको बालुवाटार स्रोतले बताएको छ ।