मुकेश चौरसिया हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ

  • प्रकाशित मिति : November 23, 2020
  • sajhamail.com

नेपाल ज्योति-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्याका संलग्न मुख्य अभियुक्त पक्राउ परेको छ।

चौरसियाको हत्यामा संलग्न मुख्य अभियुक्त पर्सा बिन्दवासिनी गाउँपालिका ३ ईटियाही बस्ने ३८ वर्षका अखिलेशप्रसाद चौरसिया भनिने अशेसरप्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात फरार रहँदै आएका चौरसियालाई प्रहरीले वीरगञ्ज २५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चौरसियालाइ प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । गएको कात्तिक ६ गते मुकेश चौरसिया बिन्दवासिनी गाउँपालिकाको प्रसौनीमा नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परि गम्भीर घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका उनको कात्तिक ७ गते उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियोे । घटनामा संलगन रहेको आरोपमा संविधानसभाका तत्कालीन सदस्य एवं नेकपा नेता राजकुमार गुप्तासहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।