न्यायाधीशले सरकारी निवासभित्रै सारीको पासो लगाएर आत्महत्या गरेको आशंका !

  • प्रकाशित मिति : November 16, 2020
  • sajhamail.com

भारतको छत्तीसगढ राज्यको मुंगेली जिल्ला एवं सत्र न्यायाधीश कान्ता मार्टिन झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

प्रहरीका अनुसार न्यायाधीश मार्टिन आइतबार सरकारी निवासभित्रै सारीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

आत्महत्याको आशंका गरिए पनि उनले किन त्यसो गरिन् भन्ने प्रस्ट भएको छैन भने घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छैन।

मुंगेलीका एसपी अरविन्द कुजुरले ती न्यायाधीश एक्लै बस्ने गरेको र एक्लोपनाका कारण उनी डिप्रेसनमा रहेको प्रारम्भिक जानकारी पाइएको बताएका छन्।

आइतबार बिहान ९ बजे उनी बस्ने सरकारी निवासमा उनका भान्से पुगे, तब ढोका लगाइएको थियो। त्यसपछि ती भान्सेले घण्टी बजाए। धेरै बेर घण्टी बजाउँदा पनि ढाको नखोलिएपछि उनले फोन पनि गरे तर उठेन। त्यसपछि उनले वरपरका अदालतका अधिकारीलाई यसबारे जानकारी दिए।

घटनाको खबर पाउनासाथ एसपी कुजुर प्रहरी टोली लिएर घटनास्थल पुगे र झ्यालबाट टर्च बालेर हरे। भित्र न्यायाधीश मार्टिन झुन्डिएको अवस्थामा देखिइन्। त्यसपछि प्रहरीले ढोका फोरेर उनको शव तल झारे।(दैनिक भास्कर)