उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

  • प्रकाशित मिति : November 29, 2020
  • sajhamail.com

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल
विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ ।

एसोसियटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी शौरभ ज्याेतिलाई २१ मतान्तरले हराए ।