परराष्ट्रमन्त्री ज्ञवाली भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

  • प्रकाशित मिति : November 26, 2020
  • sajhamail.com

नेपाल ज्योति-नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन ।

श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन ।

श्रृंगला दरबारमार्गस्थित याक एन्ड यति होटलमा आफ्ना समकक्षी नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसँग दुई मुलुकबीचको विदेश सचिवस्तरीय वार्ता गरि सिंहदरबार पुगेका थिए ।

भेटका क्रममा दुईपक्षिय सम्बन्धका बारेमा चर्चा भएको बताइएको छ ।