संखुवासभामा १७० युवा नेकपा छाडेर काँग्रेस प्रवेश

  • प्रकाशित मिति : November 26, 2020
  • sajhamail.com

नेपाल ज्योति-संखुवासभामा १७० युवा नेकपाबाट काँग्रेस प्रवेश गरेका छन ।

संखुवासभाको मादी नगरपालिका–१ का १७० भन्दा बढी युवा बुधबार नेकपा परित्याग गरि काँग्रेस प्रवेश गरेकाे कांग्रेसकानेता एवम् पूर्वमन्त्री दिपक खड्काले बताए ।

पूर्वमन्त्री खड्काले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएर विकल्प रोजेको बताए ।

उनले नवप्रवेशीलाई विकाश निर्माणका कार्यमा सहयोग गर्दै सङ्गसँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन ।