‘धार्मिक पर्यटन र सांस्कृतिक शहरको रुपमा विकास गर्छौं’

  • प्रकाशित मिति : October 21, 2020
  • sajhamail.com

शंकरमान महर्जन
अध्यक्ष, वडा नम्बर–६, दक्षिणकाली नगरपालिका ।

जनप्रतिनिधि निर्वाचित भए पछि हामीले शुरुको वर्षमा ३३ करोड रुपैयाँ विनियोजन ग¥यौं । वडास्तरीय विकासका लागि प्रतिवडा एक करोड रुपैयाँको दरले रकम छुट्याउने कार्य भयो । ६ नम्बर वडा ९० प्रतिशत नेवारी समुदायको बसोबास रहेको स्थान हो । यो ऐतिहासिक ठाउँ पनि हो । धार्मिक सांस्कृतिक रुपले महत्त्वपूर्ण मानिएको वडा भएकाले यसको समृद्धि र विकासका लागि हाम्रो टिम सक्रिय भयो । यहाँको धार्मिक पर्यटकीय स्थल दक्षिणकाली मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि शहरी विकास मन्त्रालय अन्तर्गत विकास समितिको अध्यक्ष समेत भएँ । धार्मिक सांस्कृतिक शहरको विकासका लागि संघीय सरकार, प्रदेश सरकार र विभिन्न संघसंस्थाको समन्वयमा कार्यक्रम गरिरहेका छौं ।

६ नम्बर वडा बजार क्षेत्र हो, बजार क्षेत्रको समस्या भनेको सरसफाई नै हो । फोहोरमैला व्यवस्थापनका लागि सामाजिक संस्थासँगको सहकार्यमा यसको व्यवस्थापन गर्ने कार्य भइरहेको छ । नगरपालिकाले सीमित बजेट उपलब्ध गराउँछ । तर, नगरबासीको सहयोगबाट हामीले सबैको सहकार्यमा विकासका कार्य गर्दै आएका छौं । जति हुनुपर्ने भएको छैन र पनि हामी निरन्तर लागिरहेका छौं ।

७ वटा टोल सुधार समिति छन्, धुप उद्योग सञ्चालन गरेर महिलाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ कार्य गरेका छौं । कृषिका लागि किसानलाई बिउबिजन वितरण, ट्रयाक्टर वितरण, टनेल निर्माणका लागि प्लाष्टिक अनुदान उपलब्ध गराउने कार्य गरिएको छ । कृषि ज्ञान केन्द्रबाट हुने सहयोगका लागि सिफारिस गर्दै आएका छौं । दक्षिणकाली धार्मिक पर्यटकीय क्षेत्र हो, बाह्य पर्यटकहरुको ठूलो संख्या यहाँ आउने गरेको थियो । अहिले धार्मिक रुट काटिएको भन्ने छ, त्यसलाई जोड्ने प्रयासमा हामी लागिरहेका छौं ।

दक्षिणकाली गाविसलाई दुई वडामा विभाजन गरिएको छ, विगतमा कर्मचारीको भरमा सञ्चालन भएको स्थानीय निकायलाई र जनप्रतिनिधिसहित सञ्चालनमा आउँदा नगरबासीले फरक अनुभूति गरेका छन् । हिजोको राजनीतिक संयन्त्रले गरेको गतिविधिभन्दा जनप्रतिनिधिले गरेको कामबाट जनता सन्तुष्ट छन् । गोरेटो बाटोलाई मोटरेबल बाटो बनाएका छौं । अहिलेको विकासको रुप परिवर्तन भएको छ । नगरमा आएको बजेटलाई सही सदुपयोग गर्ने हो भने नगरको विकास गर्न कुनै समस्या छैन । आगामी चार पाँच बर्षभित्रमा नगरका सबै समस्या समाधान भएर जाने कुरामा म विश्वस्त छु । बागमती नदी क्षेत्र तरकारी र धानबाली उत्पादन, विचको भाग बसोबासका लागि र पहाडी भूभाग जंगली क्षेत्रलाई व्यवस्थित गर्दै जाने अभियान रहेको छ । ६ नम्बर एरियालाई फूलखेतीको लागि विकास गरेका छौं ।

कृषि पर्यटन प्रवद्र्धनका लागि योजना बनाएका छौं । फूल खेतीका लागि महिलाहरुलाई सक्रिय बनाएर महिला समूहमार्फत् कार्य भइरहेको छ । तर, उत्पादिन फूल खेतीलाई कोभिड–१९ महामारीले प्रभाव पारेको छ र केही क्षति पु¥याएको छ । आगामी दिनमा यसको व्यवस्थापनमा सक्रियता बढाउने छौं ।

जनप्रतिनिधिको रुपमा आएपछि आफ्नो क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्नै पर्छ । संघीय सरकार, प्रदेश सरकारसम्म पुग्ने काम भयो । मनकामना–फूलचोकसम्म जाने बाटो निर्माणका लागि यस क्षेत्रको सांसद रमा आले मगरको सक्रियतामा ५० लाख बजेट विनियोजन भएको छ । विकास निर्माणका गतिविधिमा हामी सबै राजनीतिक दलहरुसँग समन्वय गर्दै र हातेमालो गर्दै अघि बढिरहेका छौं । यसले हामीलाई दक्षिणकाली नगर समृद्धिका लागि सहयोग पुगेको छ । विकासका क्रममा हाम्रो एकता छ ।

६ नम्बरमा २४ वटा सहकारी संस्थाहरू छन् । सहकारीहरूले आ–आफ्नो क्षेत्रमा कार्य गरिरहेका छन् । समाजमा आर्थिक विकासका लागि सहकारीको महत्त्वपूर्ण भूमिका रहन्छ । बचत ऋणको कार्य गर्ने अलावा फर्पिङ श्रीस्थानमा बृद्धाश्रम सञ्चालनमा समेत सहकारीले सहयोग गरेका छन् । समाजको विभिन्न गतिविधिहरूमा सहकारीहरुले हातेमालो गरेर नै कार्य गरिरहको पाएको छु ।

सहकारीमार्फत् मनमोहन सामुदायिक अस्पताल स्थापना भएको छ । यसले यहाँको स्वास्थ्य क्षेत्रमा सहयोग पुगेको छ । सहकारीहरूले अहिले पनि स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएका छन् । मनमोहन अस्पतालमा हामीले डाइलासिस भवन निर्माणका लागि काम गरिरहेका छौं र निकट भविष्यमै डाइलासिस मेसिनको समेत व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

कोभिड–१९ महामारीको त्रास यसक्षेत्रमा समेत परेको हो । हामीले जनचेतनामूलक कार्यक्रम सञ्चालन ग¥यौं । नगर क्षेत्रमा कीटनासक औषधी छर्ने कार्य ग¥यौं । नगरटोलबासीलाई सतर्कता र सुरक्षित रहनका लागि सचेतना अभियान चलायौं । प्रशासन र वडा कार्यालयको सक्रियतामा कार्य ग¥यौं, हाल कोरोना भाइरस संक्रमितको संख्या यहाँ छैन ।

हाम्रा आगामी कार्यक्रम सडक यातायात, खानेपानी, व्यवस्थित बस्ती विकास र सरसफाई नै हुन् । धार्मिक पर्यटन प्रवद्र्धनमा योजनाहरू तयार भएका छन् । कृषि पर्यटन विकासका लागि कार्य गर्ने योजना बनाएका छौं । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा विकास गतिविधि र औद्योगिक क्षेत्र विकासका लागि कार्यक्रम ल्याउने तयारीमा लागेका छौं । केबुलकार स्थापनाको लागि डिपिआर तयारीको क्रममा छ । चिल्डे्न पार्क निर्माण गर्ने योजना अगाडि बढाएका छौं । समृद्धिको सपना देखेका छौं, साकार पार्नका लागि सबैको सहकार्यको महत्त्वपूर्ण भूमिका रहन्छ । नागरिकको अत्यावश्यक आधारभूत आवश्यकताका विषयलाई महत्त्व दिएर काम गर्न सकेमा समृद्धि सम्भव छ ।

(साझा मेलका लागि सम्पादक कुमार ओझा संगको कुराकानीमा आधारित)