साझा आवाजको आधार, सहकारी सञ्चार

  • प्रकाशित मिति : August 25, 2020
  • sajhamail.com

नेपालको संविध्रान २०७२ ले सहकारी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधारस्तम्भको रुपमा लिएको छ । सहकारीमार्फत छरिएर रहेको पूँजी, श्रम, सीप र प्रविधिलाई अकत्रित गरी सहकारी पद्दतीमा आधारित उद्योग ब्यवसायको स्थापना गरी देशको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा योगदान पुर्याउँदै मुलकलाई नै समृद्ध बनाउन सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने गर्दछ ।

मुलुकले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को सोचलाई हासिल गर्न सहकारी क्षेत्रको प्रभावकारी नियमन, प्रबद्र्धन र विकासलाई विशेष जोड दिएको छ । सहकारी क्षेत्रमा न्यायिक र लोकतान्त्रिक अधिकार कायम गर्दै सहकारीहरुको नियमन, प्रबद्र्धन, विकासमा र विचार विनिमयको लागि सञ्चार सहकारीले अहम भूमिकालाई विशेष जोड दिएको छ ।

समाजबादी अर्थतन्त्रको कडिको रुपमा रहेको सहकारी क्षेत्र नागरिकको आर्थिक, सामाजिक र साँस्कृतिक हैसियतले अभिबृद्धि गर्ने अभियान मात्र नभएर सूचना, सचेतना र सशक्तिकरणको माध्यम पनि भएको हुनाले पारश्परिकतामा बाँच्ने, स्वावलम्बी र उद्यमी बन्ने कला सिकाउँछ । यसले स्थानीय स्तरमा रहेका श्रोतसाधनको पहिचान र यसको समुचित परिचालन गरी स्थानीय स्तरमा उत्पादन अभिबृद्धि, स्वरोजगार र रोजगार सृजना गर्न आम नागरिकहरुलाई सूचना शिक्षा र तालिमको माध्यमबाट अभिप्रेरित गर्दछ । लोकतन्त्रको संस्थागत विकास र स्थायित्वका लागि समेत सामुहिक अभियान जरुरी छ ।

नेपालको समृद्धि तथा आम नेपालीको सुखी जीवनलाई सार्थक बनाउन जबसम्म सामुहिक रुपमा एकतबद्ध भएर कार्यगत एकता हुन सक्दैन तवसम्म विकास र समृद्धि सम्भव हुँदैन । आम नागरिकको सहभागिता विना राज्यको सरकारी निकायले मात्रै पनि समृद्धि असम्भव छ । जसका लागि सहकारीताको माध्यमबाट हरेक स्थानीय निकाय, गाउँ टोल र समाजको उन्नती सम्भव छ । अहिले संगठनात्मक रुपमा विकास भएको एउटैमात्र क्षेत्र सहकारी हो । जसले लाखौं नेपालीलाई एउटै मालामा गाँसेको छ ।

सामुहिक अभियानमा सहभागि भएर देश विकासको मुलधारमा आमनागरिकको सहभागिता हुनु आजको आवश्यकता हो । सहकारी के हो ? सहकारीताको अबधारणामा किन सहभागि हुनु पर्दछ ? भन्ने कुराको जानकारी आम नेपालीमा हुनु जरुरी छ । हरेक नागरिकको पहुँचसम्म सूचनाको अधिकार पुग्नु पर्दछ । सहकारीको माध्यमबाट नागरिकले सूसुचित हुन पाउनुपर्ने अधिकारलाई सुनिश्चित गर्न यो अभियान सार्थक हुने विश्वास गर्न सकिन्छ । नागरिकको समृद्धि र सूचनाको अधिकारका लागि साझा अभियानमा सहभागी बनौं ।