बलेले किन नखेल्ने भए भिडियो ?

  • प्रकाशित मिति : August 16, 2020
  • sajhamail.com
Thailand Attack

काठमाडौं। लकडाउनका कारण बढी प्रभावित क्षेत्र हो फिल्म उद्योग ।

टेलि फिल्मदेखि फिल्मसम्म नराम्रोसंग प्रभावित भयो ।

कलाकार कामविहिनजस्तै बने ।केहिले म्युजिक भिडियो खेले ।

लकडाउन भएको ४ महिनापछि सरकारले केहि खुकुलो पारेको थियो ।

यस अवधिमा म्युजिक भिडियोको छायाँङ्कन धमाधम भए । यस अवधिमा गीत संगीतको रेकर्ड हुनुका साथै छायाँङ्कन पनि साथ साथैभए ।

लकडाउनमा आर्थिक अवस्था ठप्प भएका प्राविधिक तथा कलाकारको आर्थिकमा केहि सहजता थपियो ।

म्युजिक भिडियो धमाधम बनेपछि चलेका कलाकारहरु पनि भिडियोमा ब्यस्त भए ।

यहि लकडाउन खुकुलो भएको समयमा म्युजिकभिडियोमा ब्यस्त बनेका सागर लम्साल अर्थात सक्की गोनी सिरियलका बले । उनले अव केहि समय म्युजिक भिडियो नगर्ने बताएका छन् ।

काठमाडौमा कोरोना संक्रमतिको संख्या बढेसँगै सरकारले थप कडाई गरेका कारण म्युजिक भिडियो नखेल्ने बताएका छन् ।

सरकारले गरेको थप कडाई र राजधानीमा बढेको अत्यधिक कोरोना संक्रमितको कारण अहिलेलाई भिडियो खेल्न बन्द गरेको सागरलेबताए ।

हालै दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका सागरको हातमा अझैँ सम्झौता भएको ५ वटा म्युजिक भिडियोको पनि नगर्ने बताएका छन्।

उनले कोरोना संक्रमित ह्यात्तै बढेको र तत्काल छायांकन गर्ने अवस्था नरहेको उनको भनाई छ ।

उनले फेसबुकमार्फत पनि जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘ सरकारले पनि निषेधआज्ञा जारी गरेकाले सरकारकोनिर्णयलाई पुर्ण समर्थन गर्दै तत्कालका लागि तय भैसकेका सम्पुर्ण गीतको छायांकन पनि नगर्ने जानकारी गराउछु ।’