पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • प्रकाशित मिति : August 16, 2020
  • sajhamail.com
Messi goal celebration

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलिम आइबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ बढाइएको छ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०५ रूपैयाँ र डिजेल तथा पेट्रोल प्रतिलिटर ९१ रूपैयाँमा बिक्री हुनेछ।

हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।