आज थप ६४१ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : August 16, 2020
  • sajhamail.com
jigri pade bhadragol

काठमाडौं ।आज देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ संक्रमित थपिएका छन्।

यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले बताए।

आज निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्।